ताजा अपडेट
निर्माण व्यवसायी संघ अछामको नयाँ समिती चयन, अध्यक्षमा ठकुल्ला
निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा दिर्घ ठकुल्ला निर्विरोध निर्वाचित भएका छन् ।अछामको साँफेबगरमा भएको निर्माण व्यावसायी संघको भेलाले ठकुल्ला सहित ११ सदस्यीय नयाँ तदर्थ समिति निर्विरोध चयन गरेको हो ।
निर्वाचनबाट संघको उपाध्यक्षमा भिम बहादुर खड्का, जित बहादुर खड्का, महासचिवमा गौतम कुँवर, सचिवमा हर्क साउँद, कोषाध्यक्ष दुधकला बिष्ट र सदस्यमा भिम स्वाँर, नरेन्द्र साउँद, टेक बहादुर ठकुल्ला, चेतराज कुँवर र युवराज नाथ निर्विरोध चयन भएका छन् ।
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघका सल्लाहकार बिष्णु बहादुर कुँवरको संयोजकत्वमा २ महिना भित्र अर्को साधारण सभा गरी नयाँ कार्यसमिती चयन गर्ने निणर्य सहित निर्माण व्यवसायी संघ अछामको तदर्थ समिती गठन गरीएको जानकारी गराईएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया