ताजा अपडेट
स्वास्थ कार्यक्रमहरु समिक्षा कार्यक्रम सम्पन्न, मुंल्याकनमा पातलकोट स्वास्थ चौकी प्रथम

साँफेबगर नगरपालिका १४ को पातलकोट स्वास्थ चौकी स्वास्थ संस्था मुंल्याकनमा प्रथम बनेको छ ।साँफेबगर नगरपालिकाको २०८०/८१ को स्वास्थ कार्यक्रमहरुको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा स्वास्थ संस्था मुंल्याकनमा प्रथम बनेको हो ।त्यसैगरी दोस्रो भाग्यश्वर स्वास्थ चौकी,तेस्रो घुघुरकोट स्वास्थ चौकी,चौथो बैद्यनाथ स्वास्थ चौकी,पाँचौ खप्तड स्वास्थ चौकी भएका छन् ।
मुंल्याकनको आधारमा क्रमश छैंटौ श्रीकोट स्वास्थ चौकी,सातौ मष्टामाण्डौ स्वास्थ चौकी,आठौ नवाठाना,नवौ चण्डिका, दशौ देविस्थान, एघारौं साँफे शहरी स्वास्थ ,बाहै बुढाकोट,तेहौ सिद्धेश्वर र चौधौ बाब्ला स्वास्थ चौकी भएका छन् । कार्यक्रममा सबै स्वास्थ संस्थाहरुले वर्षभरी कार्यसम्पादनका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले गुणस्तरिय सेवा प्रदानमा सबै जिम्मेवार भएर लाग्न सुझाब दिए । नगर प्रमुख कुँवरले स्वास्थको क्षेत्रमा ग्रामीण भेगका स्वास्थ चौकीको निकै योगदान रहेको भन्दै नागरिकको स्वास्थ माथी खेलबाड नगर्न अनुरोध गरे । उनले स्वास्थ सेवा प्रदानका सबै स्वासथ सस्थाले राम्रो काम गरेको भन्दै अझै उत्कृष्ट कार्य गर्ने सुझाब दिए।कार्यक्रमको संचालन साँफेबगर नगरपालिका स्वास्थ शाखा प्रमुख लक्षमणनाथ योगीले गरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रतिक्रिया