Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर नगरपालिका १ बैजनाथको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका १ बैजनाथको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका १ बैजनाथको २०८०÷ ८१ को सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । वडामा गत आर्थिक वर्षमा एक करोड २५ लाख ६ हजार ३ सय ५७ बराबरको विभिन्न योजनाहरु सम्पन्न भएका छन् । वडा,नगरपालिका र प्रदेश सरकारका गरी उक्त बजेट वडाका विभिन्न योजनाहरु खर्च भएका छन् ।

वडाले गत आर्थिक वर्षमा पुँजीगत तर्फ १८ लाख ८६ हजारको ३४ वटा योजनाहरु सम्पन्न गरेको छ । चालु तर्फ ४ लाख ८९ हजार ३५७ खर्च गरेको छ । बैजनाथमा नगरपालिकाबाट सञ्चालित योजना अन्र्तगत ४ लाख ४७ हजारको भैरवथान मन्दिर तथा घेरा पर्खाल निमार्ण,१ लाख ९० हजारको कुपसैन खानेपानी योजना निमार्ण,एक लाख ५० हजारको बैजनाथ एग्रो फर्म माछापालन कार्यक्रम र १ लाख ५० हजारको गोठ सुधार कार्यक्रम गरी कुल ९ लाख ३७ हजार बजेट खर्च भएको छ । सार्बजनिक सुनुवाईमा प्रदेश सरकारबाट ७ वटा योजनाहर सम्पन्न भएका छन् । प्रदेश सरकारबाट ३५ लाखको सोलार लिफ्ट ईरिगेसन निमार्ण,१५ लाखको कुपसैन खानेपानी निमार्ण,१२ लाखको बैजनाथ खानेपानी निमार्ण,९ लाख ३ हजारको कालिमाटी खोपानी,१५ लाखको सालतडी आरन सिचाई कुलो,२ लाख १७ हजारको बासिरुख सिचाई कुलो र ३ लाख ५० हजारको बैद्यनाथ धाम संरक्षणका लागी तटबन्धन निमार्ण गरी कुल ९१ लाख ९७ हजार रकम खर्च भएको छ । वडा कार्यालयले गत आर्थिक वर्षमा ७८ हजार २ सय राजश्व संकलन गरेको छ ।

वडा अध्यक्ष नन्दसिह ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्ब वडाअध्यक्ष अमर शाह,बिशिष्ट अतिथि समाजसेवि भिमबहादुर शाह,अतिथिहरु माओवादी केन्द्रका वडा कमीटी अध्यक्ष रमेश सुनार,कालिमाटी टोल विकास समितिका अध्यक्ष बिक्रम खड्का,सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाह,युवाका तर्फबाट विकास शाहले सुझा सहितको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिब सोबिता कुमारी शाहले गरेकि थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य पुर्ण शाहले राखेका थिए ।

   

प्रतिक्रिया