Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

साँफेबगर नगरपालिका १ बैजनाथको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका १ बैजनाथको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका १ बैजनाथको २०८०÷ ८१ को सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । वडामा गत आर्थिक वर्षमा एक करोड २५ लाख ६ हजार ३ सय ५७ बराबरको विभिन्न योजनाहरु सम्पन्न भएका छन् । वडा,नगरपालिका र प्रदेश सरकारका गरी उक्त बजेट वडाका विभिन्न योजनाहरु खर्च भएका छन् ।

वडाले गत आर्थिक वर्षमा पुँजीगत तर्फ १८ लाख ८६ हजारको ३४ वटा योजनाहरु सम्पन्न गरेको छ । चालु तर्फ ४ लाख ८९ हजार ३५७ खर्च गरेको छ । बैजनाथमा नगरपालिकाबाट सञ्चालित योजना अन्र्तगत ४ लाख ४७ हजारको भैरवथान मन्दिर तथा घेरा पर्खाल निमार्ण,१ लाख ९० हजारको कुपसैन खानेपानी योजना निमार्ण,एक लाख ५० हजारको बैजनाथ एग्रो फर्म माछापालन कार्यक्रम र १ लाख ५० हजारको गोठ सुधार कार्यक्रम गरी कुल ९ लाख ३७ हजार बजेट खर्च भएको छ । सार्बजनिक सुनुवाईमा प्रदेश सरकारबाट ७ वटा योजनाहर सम्पन्न भएका छन् । प्रदेश सरकारबाट ३५ लाखको सोलार लिफ्ट ईरिगेसन निमार्ण,१५ लाखको कुपसैन खानेपानी निमार्ण,१२ लाखको बैजनाथ खानेपानी निमार्ण,९ लाख ३ हजारको कालिमाटी खोपानी,१५ लाखको सालतडी आरन सिचाई कुलो,२ लाख १७ हजारको बासिरुख सिचाई कुलो र ३ लाख ५० हजारको बैद्यनाथ धाम संरक्षणका लागी तटबन्धन निमार्ण गरी कुल ९१ लाख ९७ हजार रकम खर्च भएको छ । वडा कार्यालयले गत आर्थिक वर्षमा ७८ हजार २ सय राजश्व संकलन गरेको छ ।

वडा अध्यक्ष नन्दसिह ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्ब वडाअध्यक्ष अमर शाह,बिशिष्ट अतिथि समाजसेवि भिमबहादुर शाह,अतिथिहरु माओवादी केन्द्रका वडा कमीटी अध्यक्ष रमेश सुनार,कालिमाटी टोल विकास समितिका अध्यक्ष बिक्रम खड्का,सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाह,युवाका तर्फबाट विकास शाहले सुझा सहितको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिब सोबिता कुमारी शाहले गरेकि थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य पुर्ण शाहले राखेका थिए ।

   

प्रतिक्रिया