Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिद्धारा आयव्यय सार्वजनिक

बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिद्धारा आयव्यय सार्वजनिक

साँफेबगर नगरपालिका १ मा रहेको बैद्यनाथ मन्दिर बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिले गत वर्षको आयव्यय सार्वजनिक गरेको छ ।

आज बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिको बैठकमा गत आर्थिक वर्ष २०८०÷ ८१ मा मन्दिरमा चढाईएका भेटि १२ लाख ७४ हजार ७१० रुपैंयाँ संकलन भएको जानकारी गराईएको छ । बैठकमा समितिका सदस्य सचिब देवराज उपाध्यायले गत आर्थिक वर्षको आयव्ययको बारेमा जानकारी गराएका थिए । बैठकमा समितिलाई प्राप्त रकम गुठी संस्थान अनुदान ६० हजार,बैद्यनाथ पर्यटन समितिबाट एक लाख ५० हजार,मन्दिरमा दैनिक भेटिबाट १२ लाख ७४ हजार ७१० र समितिको राष्ट्रिय बाणिज्य बंैकमा रहेको ९ लाख २७ हजार ३९८ रुपैयाँको व्याज ५७ हजार ९२९ गरी २४ लाख ७० हजार ३७ रुपैयाँ गरी आम्दानी तर्फ रहेको छ । यसैगरी गुठी संस्थानका सचिब तथा बेद विद्या आश्रमका पुर्व प्रधानाध्यापक पदमराज भण्डारीका नाममा देखिएको बेरुजु ४९ हजार ९ सय ६६ हालसम्म पनि प्राप्त हुन सकेको छैन । लेखा परिक्षण गर्दा भण्डारीको नाममा उक्त रकम बेरुजु देखिएको हो ।

खर्च तर्फ किर्तन घर छाना मर्मत ८ हजार ७ सय,मन्दिरको सामाग्री खरिद ७ हजार ३ सय ४०,कर्मचारी पारिश्रमिक एक लाख १० हनार,लेखा परिक्षण ३ हजार,व्यवस्थापन खर्च १२ हजार,नित्य पुजा खर्च २ हजार १ सय ५० ,अन्य पर्व पुजा खर्च ४ हजार,शिबरात्री खर्च ५ हजार ९ सय ५० र दसैं खर्च २५ हजार २ सय २५ गरी १ लाख ७२ हजार ९० रुपैयाँ रहेको छ । हाल समितिसंग २२ लाख ९७ हजार ९ सय ४७ रहेको छ । बैठकमा समितिका सचिब उपाध्यायले मन्दिरको सिसिटिभी क्यामेरा बिग्रीएर समस्या भएको जानकारी गराएका थिए । मन्दिरको सुरक्षा तथा दानभेटिमा पारदर्शिताका लागी जडान गरिएको सिसिटिभि क्यामरा बिगत दुई वर्षदेखि बिग्रीएको छ ।

बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिब प्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकले भण्डारीको नाममा बिगत ९ वर्षदेखि देखिएको बेरुजु असुल गर्ने,सिसिटिभि क्यामेरा खरिद गर्ने लगायतका निर्णय गरेको छ । बैठकमा साँफेबगर नगरपालिकाका मेयर राजेन्दबहादुर कुँवर,प्रहरी नायब उपरिक्षक ईश्वरी प्रसाद भण्डारी,खप्तड गुल्मका डीएसपी नरबहादुर शाही,बैद्यनाथ क्षेत्र विकास समितिका अध्यक्ष टेकबहादुर खड्का,गोरख बक्स गण अछामका गणपति संगम अधिकारी,वडा अध्यक्ष हिक्मत कडायत,सेतबहादुर कुँवर,वडा सदस्य पुर्ण शाह बैद्यनाथ बेद बिद्या आश्रमका अध्यक्ष लक्ष्मी शाह, बैद्यनाथ क्षेत्र विकास समितिका उपाध्यक्ष निर्प कुँवर,कोषाध्यक्ष रुपा आउजी,बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खडग खड्का, कार्यकारी निर्देशक भरत कुँवर, लगायतको उपस्थिति रहेको थियो ।
 

दसै,दिपावली नेपाल सवत् र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
यसैगरी बैद्यनाथ क्षेत्र विकास सस्था,बैद्यनाथ वेद विद्या आश्रम र बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको सयुक्त आयोजनामा दसै,दिपावली नेपाल सवत् र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खडग खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साफेबगर नगरपालिका मेयर राजेन्द्रबहादुर कुँवर,विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी शिब प्रसाद लम्साल र अन्य अतिथिहरु रहेका थिए ।

प्रतिक्रिया