Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने

अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने

बुढीगंगा यातायात प्रा.लि. अछामले जिल्लामा नयाँ बिद्युतिय गाडी सञ्चालनमा ल्याएको छ । अछाम देखि धनगढी सम्मका लागि सार्वजनिक यातायातका रुपमा बिद्युतिय गाडी सञ्चालनमा ल्याएको हो ।

हालै दर्ता भएको बुढीगंगा यातायात प्रा.लि. अछामले सञ्चालन गर्ने गरि ६ वटा बिद्युतिय गाडी सञ्चालनमा आएका प्रा.लि.का अध्यक्ष भरत खड्काले बताए । २०८१ सालको बडा दशैको पहिलो घटस्थापनाको अवसर पारेर बिद्यिवत रुपमा बुढीगंगा यातायात प्रा.लि. मार्फत बिद्युतिय गाडी सञ्चालनमा ल्याईएको उनले बताए । ५ वटा गाडी पुगिसकेको र एउटा पुग्ने क्रममा रहेको समेत उनले जानकारी दिए ।

दैनिक रुपमा अछामको सदरमुकाम मंगलसेन हुदै प्रमुख व्यापारिक केन्द्र साँफेबगरबाट धनगढीका लागि बिहान ७ बजे २ वटा बिद्युतिय गाडी छुट्ने र धनगढीबाट अछामका लागि पनि सोही समयमा २ वटा गाडी छुट्ने बुढीगंगा यातायात प्रा.लि.का महासचिव कृष्ण कुवँरले बताए । अछाम धनगढी रुटको लागि हाल १३०० रुपयाँ भाडादर समेत कायम गरिएको कुवँरले जानकारी दिए । प्रा.लि.ले सुरुमा बिभिन्न व्यावसायिक साझेदारका ६ वटा गाडी सञ्चालन गर्नेछ भने पछि अन्य गाडीहरु समेत आवद्ध गर्न सकिने उनले बताए ।

दिवा सेवामा अछामबाट एक मात्र बस धनगडीका लागि छुट्ने र सबै यात्रु बसमा यात्रा गर्न कठिन भईरहेका बेला नयाँ बिद्युतिय गाडी सञ्चालनमा आउनुले यात्रुहरुलाई सहजता मिल्ने बिश्वास गरिएको छ । यस्तै हाल भाडादरमा सञ्चालन भईरहेका स्कारपियोहरुले महंगो भाडा लिने गरेका कारण समेत यात्रुलाई सास्ती भईरहेका बेला सर्भसुलभ दरमा बिद्युतिय गाडी सञ्चालन आउनुले समेत स्थानीय सेवाग्राही हर्षित भएका छन ।

बिद्युतिय गाडीका लागि प्रा.लि.को आफ्नै चार्जिंग स्टेशन

प्रा.ली.ले बिद्युतिय गाडीको लागि आवश्यक पर्ने चार्जको व्यावस्था गर्न आफ्नै मातहतमा चार्जिंग स्टेशन समेत सञ्चालनमा ल्याएको छ । साँफेबगर हाटबजार क्षेत्रमा बिद्युतिय गाडी चार्ज गर्न मिन्ने स्टेशन सञ्चालनमा ल्याएको हो । बिद्यूत प्राधिकरण अछाम बितरण केन्द्र संग सहकार्य गर्दै प्रा.ली.को आफ्नै लागतमा चार्जिंग स्टेशन तयार पारेको हो । सोको रेखदेख प्रा.ली. आफैले गर्नेछ भने अन्य बिद्युतिय गाडी चार्ज गर्न आएका नियमानुसर लाग्ने शुल्क लिएर चार्ज गर्न सकिने समेत बताएको छ ।

घटस्थापनाको अवसर पारेर औपचाीरक सुभारम्भ, मन्त्री खड्का द्धारा सफलताको शुभकामना व्यक्त

बिहिबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले प्रा.लि. बिद्युतिय गाडी र चार्जिंग स्टेशनको एकसाथ उद्घाटन गर्दै सुरुवात गरे । उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्रमुख अथिति मन्त्री खड्काले बिद्युयित गाडी सञ्चालनमा आएसंगै यात्रुहरुलाई सहजता मिल्ने बिश्वास व्यक्त गरे ।

सर्भसुलभ रुपमा धनगढीबाट अछाम आउने र अछाम बाट धनगढी जाने नागरिकका सजिलो हुने भन्दै सफलताको शुभकामना व्यक्त गरे । निजि क्षेत्र, सहकारी क्षेत्र र सरकारको सयूक्त प्रयास बाट नै देश, समाज विकास हुने भएकाले निजि क्षेत्रलाई पनि प्रोत्साहित गर्नुपर्ने कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका मन्त्री खड्काले बताए ।

प्रा.लि. का अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अथिति साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँर, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल रहेका थिए । उद्घाटन कार्यक्रममा जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख प्रतिनिधी, उद्योग वाणिज्य संघ, निर्माण व्यावसायी संघका पदाधिकारी, समाजसेवी, व्यावसायी, लगायतको सहभागिता रहेको थियो ।

प्रा.लीका सदस्य एवंम उद्योग वाणिज्य संघ अछामका अध्यक्ष बम बहादुर रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव कृष्ण कुवँरले गरेका थिए ।

 

प्रतिक्रिया