ताजा अपडेट
नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न
नेपाली कांग्रेस अछाम क्षेत्र नं १ क्षेत्रिय कार्यसमितिको आयोजनामा विजया दशमी,शुभ दिपावली,नेपाल सवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा आज सम्पन्न भएको छ ।
क्षेत्रिय सभापति कृष्ण बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । कार्यक्रममा मन्त्री बनेर पहिलो पटक गृहजिल्ला पुगेका खड्कालाई शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा बधाई तथा सम्मान पनि गरिएको छ । कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथि पुर्व जिल्ला पाटी सभापति भरत कुमार स्वाँर,अतिथिहरुमा नेपाली कांग्रेस प्रदेश कार्य सम्पादन समितिका सदस्य अनुराधा स्वाँर,महासमिति सदस्य अर्जुन ताम्राकार,भगवति खनाल,महाधिबेशन प्रतिनिधि एवम् नगर प्रमुख राजेन्द्रबहादुर कुँवर,महाधिबेशन प्रतिनिधि कृष्ण कुँवर,अप्सरा कुँवर,जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर,जिल्ला कार्यसमिति सदस्य रामबहादुर कुँवर,प्रदेश सभापति महेश खड्का, नगरसभापति लालहादुर कुँवर,निमार्ण व्यवसायी संघका अध्यक्ष दिर्घ ठकुल्ला,महासचिब गौतम कुँवर लगायतका रहनु भएको थियो । कार्यक्रमको सचालन क्षेत्रिय सचिब पुर्ण विकले गरेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया