Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३० असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह

सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह

लन्डन - वरिष्ठ नेत्र  चिकित्सक प्रा डा चेत राज पन्तले  सुदूर पश्चिम प्रदेशमा एउटा स्वायत्त र अधिकारसम्पन्न  चिकित्सा विश्वदियालय खोल्न सरकारलाई आग्रह गरेका छन्।  

हाल बेलायतको भ्रमणमा रहेका नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा पन्तले  'सुन्दर सुदूर पश्चिम कम्युनिटी  युके' द्वारा गत शनिबार साउथ ह्यारोमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवाका हिसाबले निकै पछाडी रहेको सुदूर पश्चिम प्रदेशमा स्वास्थ्य सेवा सर्वसुलभ गर्न तत्काल चिकित्सा विश्वविद्यालय खोल्न अत्यन्त जरुरी भएको बताए।

वरिष्ठ नेत्र चिकित्सक प्रा पन्तले नेपाल सरकारले गत वर्ष संघीय संसदमा पेश गरेको 'शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेश हुने क्रममा रहेको जनाए।  गेटा मेडिकल कलेज प्रवर्द्धन तथा विकास समितिका पूर्व अध्यक्ष समेत रहेका प्रा पन्तले  उक्त विधेयक संसदको यसै हिउँदे सत्रबाट पारित गरि दिन सम्पूर्ण राजनीतिक दल र साम्सदहरुलाई  आग्रह पनि गरे।  

नेपाल सरकारले मेडिकल कलेज स्थापना गर्न भनेर तोकेको कैलाली गेटास्थित मेडिकल कलेजलाई नै मेडिकल विश्वविद्यालय बनाउन सबै सुदूर पश्चिमवासी एकमत रहेको पनि उनले जनाए ।  

"७२ बिगाहा  क्षेत्रमा फैलिएको गेटामा ६०० विद्यार्थीको पठन पाठन गर्न शैक्षिक भवन, प्राध्यापक निवास, प्रशासनिक भवन, अतिथि गृह, क्यान्टिन लगायतका पूर्वाधारहरु बनिसकेका छन् वा बन्ने क्रममा छन्।  विश्वविद्यालय बन्यो भने हाल संचालनमा रहेको गेटा आँखा अस्पताललाई हामीले विश्वविद्यालयको आँखा विभागको रुपमा हस्तान्तरण गर्नेछौं," प्रा पन्तले भने।

विश्वविद्यालयको संचालन खर्च

अहिले नेपाल सरकारले विभिन्न चिकित्सा विज्ञान अध्ययन प्रतिस्ठानहरुको लागि जति रकम दिने गरेको छ, त्यति नै रकम   दिएमा आवश्यक थप श्रोत खोजेर सुदूर पश्चिम चिकित्सा  विश्वविद्यालय संचालन गर्न सकिने प्रा पन्तले जनाए।  विश्वविद्यालय बन्ना साथ विशेषज्ञ  फ्याकल्टीको अभाव नहुने पनि उनले जिकिर गरे।

विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको एक वर्ष भित्रै कम्तीमा ५० जना विद्यार्थी लिएर एमबीबीएस कक्षा संचालन गर्न सकिने तथा एमबीबीएस बाहेक 'एलाइड हेल्थ साइन्स' अन्तर्गत ल्याब, नर्सिङ्ग लगायत १५ ओटा  विधामा   विश्वविद्यालयले आफै कक्षा संचालन गर्न सक्ने पनि उनले बताए। विश्वविद्यालयले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी लगायतका विषयमा अध्यापन तथा अनुसन्धान गर्ने पनि उनले जानकारी दिए।

'यो विश्वविद्यालयको पाठ्यक्रम 'कम्युनिटी बेस्ड मेडिकल एडुकेशन' मा आधारित हुनेछ।  हाम्रा विद्यार्थी र प्राध्यापकहरु समुदायमै गएर पढ्ने छन् र सिक्ने छन्।  सुदूर पश्चिम प्रदेशका सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ सेवा उपलब्ध हुनेछ। अन्तरराष्ट्रिय विश्वविद्यालयहरुसंग सहकार्य गर्नुका साथै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एउटा अनुसन्धान केन्द्रको रुपमा पनि काम गर्ने छ,’  उनले भने।

प्रा पन्तका अनुसार नेपालमा कूल शिशु मृत्यु दर प्रति हजार २५ रहेकोमा सुदूर पश्चिम प्रदेशमा प्रति हजार ५० रहेको छ ।  त्यस्तै नेपालमा ५ वर्ष मुनिका बाल बालिकाको औसत मृत्यु दर प्रति हजार ३३ रहेकोमा सुदूर पश्चिम प्रदेशमा प्रति हजार ९० रहेको छ।  नेपालमा प्रति एक लाखमा मातृ मृत्यु दर औसत १८६ रहेकोमा सुदूर पश्चिम प्रदेशमा भने ३०० प्रति एक लाख रहेको छ ।

“सुदूर पश्चिम क्षेत्रका स्वास्थ्य सूचकहरु अहिले नेपालको औसतसम्म ल्याउन पनि हामीलाई  एउटा शक्तिशाली तथा स्वायत्त चिकित्सा विश्वविद्यालय चाहिएको हो," उनले भने।

सुन्दर सुदूर पश्चिम कम्युनिटी  युकेका अध्यक्ष खेम राज जोशीले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा अझै पछाडी परेको सुदूर पश्चिम प्रदेशमा चिकित्सा विश्वविद्यालय खोल्न आफुहरुले सक्दो सहयोग गर्ने वाचा गरे।  उक्त अन्तरक्रियामा विभिन्न वक्ताहरुले आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया