Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ

अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ

दार्चुला– सडक सञ्जालले नजोडिएको पालिका सदरमुकाम हो, दार्चुलाको खण्डेश्वरी । बिटुले–पारिबगर हुँदै मकरी गाडसम्म सडक पुगे पनि पालिका केन्द्र सडक सञ्जालले जोडिएको छैन । गाउँसम्म सडक नपुगेको भन्दै अपिहिमाल गाउँपालिकाका अगुवाहरू सडक माग्न काठमाडौं हिँडेका छन् । 

प्रधानमन्त्री केपी ओलीलाई भेटेरै अपिहिमालका बासिन्दाका पिरमर्का सुनाउन र सडकका बजेट माग्न काठमाडौं हिँडेको अपिहिमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष धर्मानन्द मन्यालले बताए । ०७४ मा स्थानीय तहमा जनप्रतिनिधि आएपछि पारिबगरबाट मकरी गाडसम्म सडक पुग्यो । ०७८/७९ मा मकरी गाडदेखि खण्डेश्वरी जोड्न सडक अगाडि बढेको थियोे । ‘अहिले सडकमा बजेट आउनै छोड्यो,’ मन्यालले भने, ‘सडकले गति लिएन । कसैको पहल भएन ।’  

एमाले पालिका कमिटीले निर्णय गरेरै सोमबार दार्चुलाबाट आठजनाको टोली काठमाडौंका लागि हिँडेको छ । पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीसँग भेटघाटका लागि समन्वय गरिरहेका छन् । अपिहिमालका स्थानीयले सडक नहुँदा मकरी गाडदेखि भरिया र खच्चडमार्फत सामान ढुवानी गर्नुपरेको छ । मकरी गाडबाट खण्डेश्वरीसम्मकै भाडा १० रुपैयाँ प्रतिकिलो हुन जान्छ । ढुवानी महँगो भएका कारण स्थानीयले महँगीको मार खेप्नुपरेको अपिहिमाल गाउँपालिका– २ का स्थानीय प्रकाशसिंह धामीले बताए । उनले भने, ‘सडक नहुँदा भारी बोक्नुपर्ने स्थानीयको बाध्यता छ ।’

बिरामी हुँदा पनि बोकेरै मकरी गाड पुर्‍याउनुपर्छ । जटिल बिरामी भयो भने बाटोमै ज्यान जान सक्ने जोखिम छ । स्थानीय सरकारले पहल नगर्दा अहिले पार्टीको निर्णयअनुसार सडक माग्न काठमाडौं जानुपरेको शान्ति धामीले बताइन्  

मकरी गाडमा १० मेगावाट जलविद्युत् आयोजना बन्दा सडकले चाँडो गति लिएको थियो । अहिले मकरी गाडबाट दुई किलोमिटर मात्रै सडकको ट्र्याक खुलेको छ । बजेट नआएको एक वर्षभन्दा धेरै भइसकेकाले काम हुन सकेको छैन । यो वर्ष सडकको ट्र्याक खुलाउन एक करोड बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख लक्ष्मणदत्त जोशीले बताए । ‘मकरी गाडदेखि अपिहिमाल गाउँपालिका केन्द्र जोड्ने सडकको ट्र्याक खुलाउन अहिले बोलपत्र आह्वान गरिएको छ । यो बजेटले कति काम गर्न सकिन्छ ।’ अहिले खुलाइएको दुई किलोमिटर सडकको पनि पर्खालदेखि सडक मोड सुधारको काम बाँकी छ ।

पालिकासम्म ७ किलोमिटर दूरी हो । पाँच किलोमिटर पूरै कडा चट्टान (हार्ड रक) छ । बजेट पर्याप्त भए सडकको काम अलि माथि पुर्‍याउन सकिन्छ । मकरी गाडदेखि माथिल्लो भेगमा अधिकांश ठाउँमा कडा चट्टान छ । चट्टान फोड्न सके मात्रै अपिहिमाल गाउँपालिका केन्द्रनजिक सडक पुर्‍याउन सहज हुने जोशी बताउँछन् ।

प्रतिक्रिया