Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ

अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ

दार्चुला– सडक सञ्जालले नजोडिएको पालिका सदरमुकाम हो, दार्चुलाको खण्डेश्वरी । बिटुले–पारिबगर हुँदै मकरी गाडसम्म सडक पुगे पनि पालिका केन्द्र सडक सञ्जालले जोडिएको छैन । गाउँसम्म सडक नपुगेको भन्दै अपिहिमाल गाउँपालिकाका अगुवाहरू सडक माग्न काठमाडौं हिँडेका छन् । 

प्रधानमन्त्री केपी ओलीलाई भेटेरै अपिहिमालका बासिन्दाका पिरमर्का सुनाउन र सडकका बजेट माग्न काठमाडौं हिँडेको अपिहिमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष धर्मानन्द मन्यालले बताए । ०७४ मा स्थानीय तहमा जनप्रतिनिधि आएपछि पारिबगरबाट मकरी गाडसम्म सडक पुग्यो । ०७८/७९ मा मकरी गाडदेखि खण्डेश्वरी जोड्न सडक अगाडि बढेको थियोे । ‘अहिले सडकमा बजेट आउनै छोड्यो,’ मन्यालले भने, ‘सडकले गति लिएन । कसैको पहल भएन ।’  

एमाले पालिका कमिटीले निर्णय गरेरै सोमबार दार्चुलाबाट आठजनाको टोली काठमाडौंका लागि हिँडेको छ । पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीसँग भेटघाटका लागि समन्वय गरिरहेका छन् । अपिहिमालका स्थानीयले सडक नहुँदा मकरी गाडदेखि भरिया र खच्चडमार्फत सामान ढुवानी गर्नुपरेको छ । मकरी गाडबाट खण्डेश्वरीसम्मकै भाडा १० रुपैयाँ प्रतिकिलो हुन जान्छ । ढुवानी महँगो भएका कारण स्थानीयले महँगीको मार खेप्नुपरेको अपिहिमाल गाउँपालिका– २ का स्थानीय प्रकाशसिंह धामीले बताए । उनले भने, ‘सडक नहुँदा भारी बोक्नुपर्ने स्थानीयको बाध्यता छ ।’

बिरामी हुँदा पनि बोकेरै मकरी गाड पुर्‍याउनुपर्छ । जटिल बिरामी भयो भने बाटोमै ज्यान जान सक्ने जोखिम छ । स्थानीय सरकारले पहल नगर्दा अहिले पार्टीको निर्णयअनुसार सडक माग्न काठमाडौं जानुपरेको शान्ति धामीले बताइन्  

मकरी गाडमा १० मेगावाट जलविद्युत् आयोजना बन्दा सडकले चाँडो गति लिएको थियो । अहिले मकरी गाडबाट दुई किलोमिटर मात्रै सडकको ट्र्याक खुलेको छ । बजेट नआएको एक वर्षभन्दा धेरै भइसकेकाले काम हुन सकेको छैन । यो वर्ष सडकको ट्र्याक खुलाउन एक करोड बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख लक्ष्मणदत्त जोशीले बताए । ‘मकरी गाडदेखि अपिहिमाल गाउँपालिका केन्द्र जोड्ने सडकको ट्र्याक खुलाउन अहिले बोलपत्र आह्वान गरिएको छ । यो बजेटले कति काम गर्न सकिन्छ ।’ अहिले खुलाइएको दुई किलोमिटर सडकको पनि पर्खालदेखि सडक मोड सुधारको काम बाँकी छ ।

पालिकासम्म ७ किलोमिटर दूरी हो । पाँच किलोमिटर पूरै कडा चट्टान (हार्ड रक) छ । बजेट पर्याप्त भए सडकको काम अलि माथि पुर्‍याउन सकिन्छ । मकरी गाडदेखि माथिल्लो भेगमा अधिकांश ठाउँमा कडा चट्टान छ । चट्टान फोड्न सके मात्रै अपिहिमाल गाउँपालिका केन्द्रनजिक सडक पुर्‍याउन सहज हुने जोशी बताउँछन् ।

प्रतिक्रिया