ताजा अपडेट
कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित
धनगढी– कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसकी टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् ।
प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले उम्मेदवारी फिर्ता लिएपछि टिकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।
आइतबार नेपाली काँग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टिकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराएकी थिइन् ।
बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टिकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएको नेपाली काँग्रेसका जिल्ला सचिव केशब मिश्रले जानकारी दिए ।
उनले भने –‘रुपमतिको उम्मेदवारी फिर्तासंगै टिकाकुमारी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएकी छिन् ।’
काँग्रेसले दलित र आदिवासीको प्रतिनिधित्व हुने गरि जिसस प्रमुखमा टिकाकुमारीलाई अघि बढाएको उनको भनाइ छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया