Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

धनगढी– ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ । ‘हामी सबैको प्रतिवद्धता लंैगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने मूल नारा सहित सोमबारदेखि कैलाली र कञ्चनपुरका स्थानीय तहमा विविध सचेतनामुलक कार्यक्रम गरि मनाइन लागेको हो ।

सोमबार धनगढीको ट्राफिक चौराहदेखि बाजाँगाजाँसहित प्रभातफेरीको आयोजना गरि अभियानको शुभारम्भ गरिएको छ ।
लिङ्गका आधारमा हुने सबैखाले हिंसा अन्त्यका लाग स्थानीय तहमा सचेतनामूलक कार्यक्रम गरिने जनाइएको छ ।

हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धके १६ दिने अभियान सञ्चालन गरिदै आएको छ ।

कैलाली कञ्चनपुरमा गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा २२ वटा गैरसरकारी संघसंस्थाले संयुक्त रुपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

लैङ्गिक हिंसाविरुद्ध सचेतनाको लागि पालिकामा अन्तरक्रिया, ¥याली, अभिमुखीकरण, घुम्ती शिविर, सडक नाटक लगायतको सचेतनामूलक कार्यक्रम गर्ने आयोजकहरुले जनाएका छन् ।

अभियान अवधिभर कैलालीको १३ र कञ्चनपुरको एक सहित १४ वटा पालिकामा लैङ्गिक हिंसा अन्त्य सम्बन्धी विविध कार्यक्रम गरिने महासङ्घका प्रदेश अध्यक्ष देवीप्रसाद खनाल जानकारी दिए । उनले लैङ्गिक हिंसा, बाल विवाह, आत्महत्या, लागु हिंसा लगायत सबै हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गरिन लागेको बताए ।

सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन राफेल ट्रिजुलो तानासाही सरकारले मिरावेल परिवारका तीन साहसी दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेपछि ल्याटिन अमेरिकी देशमा हिंसाविरुद्धको दिवसका रूपमा मनाईदै आएको छ ।

सन १९९९ मा संयुक्त राष्ट्र सङ्घले सोही दिवसलाई आत्मसाथ गर्दै नोभेम्बर २५ का दिनमा संसारभर नै महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो ।

प्रतिक्रिया