Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

धनगढी– ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ । ‘हामी सबैको प्रतिवद्धता लंैगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने मूल नारा सहित सोमबारदेखि कैलाली र कञ्चनपुरका स्थानीय तहमा विविध सचेतनामुलक कार्यक्रम गरि मनाइन लागेको हो ।

सोमबार धनगढीको ट्राफिक चौराहदेखि बाजाँगाजाँसहित प्रभातफेरीको आयोजना गरि अभियानको शुभारम्भ गरिएको छ ।
लिङ्गका आधारमा हुने सबैखाले हिंसा अन्त्यका लाग स्थानीय तहमा सचेतनामूलक कार्यक्रम गरिने जनाइएको छ ।

हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धके १६ दिने अभियान सञ्चालन गरिदै आएको छ ।

कैलाली कञ्चनपुरमा गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा २२ वटा गैरसरकारी संघसंस्थाले संयुक्त रुपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

लैङ्गिक हिंसाविरुद्ध सचेतनाको लागि पालिकामा अन्तरक्रिया, ¥याली, अभिमुखीकरण, घुम्ती शिविर, सडक नाटक लगायतको सचेतनामूलक कार्यक्रम गर्ने आयोजकहरुले जनाएका छन् ।

अभियान अवधिभर कैलालीको १३ र कञ्चनपुरको एक सहित १४ वटा पालिकामा लैङ्गिक हिंसा अन्त्य सम्बन्धी विविध कार्यक्रम गरिने महासङ्घका प्रदेश अध्यक्ष देवीप्रसाद खनाल जानकारी दिए । उनले लैङ्गिक हिंसा, बाल विवाह, आत्महत्या, लागु हिंसा लगायत सबै हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गरिन लागेको बताए ।

सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन राफेल ट्रिजुलो तानासाही सरकारले मिरावेल परिवारका तीन साहसी दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेपछि ल्याटिन अमेरिकी देशमा हिंसाविरुद्धको दिवसका रूपमा मनाईदै आएको छ ।

सन १९९९ मा संयुक्त राष्ट्र सङ्घले सोही दिवसलाई आत्मसाथ गर्दै नोभेम्बर २५ का दिनमा संसारभर नै महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ