ताजा अपडेट
एक विज्ञप्ति जारी गर्दै बालेन र हर्कलाई गरे मुकुलले आह्वान
                                        
                                        काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका ड.मुकुल ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै डा. ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहदेखि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ समेतलाई आह्वान गरेका हुन् ।
उनले विज्ञप्तिमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताहरूलाई समेत यो धार निर्माणमा साथ दिन पनि अनुरोध गरेका छन् ।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया