ताजा अपडेट
राष्ट्रियपुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन
धनगढी– धनगढीमा हुने नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको छ । १४ बर्षपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको हो ।
धनगढीको एसपिए रोडमा सचिवालय उद्घाटन गरिएको छ । नवौं वृहत राष्ट्रिय प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि स्थापना गरिएको सचिवालयको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका केन्द्रिय सचिव शम्भु लामिछानेले उद्घाटन गरे । सो अवसरमा बोल्दै केन्द्रिय सचिव लामिछानेलेलामो समयको अन्तरालपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई सबैले मिलेर सफल पार्नुपर्ने बताए । उनले यो महोत्सवले शिक्षा क्षेत्रको विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । सचिवालय उद्घाटन कार्यक्रमलाई समापन गर्दै कैलाली जिल्ला अध्यक्ष पडालले सुदुरपश्चिमको शैक्षिक हबका रुपमा विकास भएको धनगढीको शैक्षिक वातावरणलाई थप उचाईमा पुराउन शैक्षिक महोत्सव आयोजना गर्न लागेको बताए । उनले यसलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको औल्याए ।
सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ हुन लागेको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवधनगढीमा पुस ९ गतेदेखि १५ गतेसम्म आयोजना गरिनेछ । यसअघि धनगढीमा २०६७ सालमा शैक्षिक महोत्सव गरिएको थियो । राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको बिषयमा केही दिनमा पत्रकार सम्मेलनको आयोजना गरेर विस्तृत जानकारी दिईने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका सचिव निम मिश्रले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया