Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

राष्ट्रियपुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन

राष्ट्रियपुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन

धनगढी– धनगढीमा हुने नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको छ । १४ बर्षपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन गरिएको हो । 

धनगढीको एसपिए रोडमा सचिवालय उद्घाटन गरिएको छ । नवौं वृहत राष्ट्रिय प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि स्थापना गरिएको सचिवालयको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका केन्द्रिय सचिव शम्भु लामिछानेले उद्घाटन गरे । सो अवसरमा बोल्दै केन्द्रिय सचिव लामिछानेलेलामो समयको अन्तरालपछि धनगढीमा हुन लागेको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवलाई सबैले मिलेर सफल पार्नुपर्ने बताए । उनले यो महोत्सवले शिक्षा क्षेत्रको विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । सचिवालय उद्घाटन कार्यक्रमलाई समापन गर्दै कैलाली जिल्ला अध्यक्ष पडालले सुदुरपश्चिमको शैक्षिक हबका रुपमा विकास भएको धनगढीको शैक्षिक वातावरणलाई थप उचाईमा पुराउन शैक्षिक महोत्सव आयोजना गर्न लागेको बताए । उनले यसलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको औल्याए । 

सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ हुन लागेको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवधनगढीमा पुस ९ गतेदेखि १५ गतेसम्म आयोजना गरिनेछ । यसअघि धनगढीमा २०६७ सालमा शैक्षिक महोत्सव गरिएको थियो । राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको बिषयमा केही दिनमा पत्रकार सम्मेलनको आयोजना गरेर विस्तृत जानकारी दिईने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका सचिव निम मिश्रले जानकारी दिए । 
 

प्रतिक्रिया