Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

टिमुरका बिरुवा निःशुल्क वितरण

टिमुरका बिरुवा निःशुल्क वितरण

धनगढी– डिभिजन वन कार्यालय डोटीले टिमुरका बिरुवा निःशुल्क वितरण गर्ने गरी त्यसको उत्पादनको तयारीमा जुटेको छ । डिभिजन वन प्रमुख गोकुल रिजालले विगतमा निजी नर्सरीबाट बेर्ना किनेर वितरण गर्दै आएकोमा यस वर्ष आफैँले बेर्ना उत्पादन गर्ने तयारी गरेको बताए ।

‘बेर्ना उत्पादनका लागि अहिले टिमुरको बिउ सङ्कलन भइरहेको छ । पाकेको टिमुरलाई सुकाएर फुटेपछि भित्रको गेडा बिउका रूपमा प्रयोग हुन्छ,’ डिभिजन प्रमुख रिजालले भने, ‘पहिलो पटक परीक्षणका रूपमा आफैँ बेर्ना उत्पादन गर्ने तयारीमा छौँ । बेर्ना तयार गर्न समय लाग्छ, हेरौँ कत्तिको सफल हुन्छ ।’

मध्यपहाडी क्षेत्रको हावापानीमा हुने टिमुर औषधी तथा मसलाका रूपमा प्रयोग हुन्छ । वनजङ्गल, बारीको कान्लामा भएको टिमुरको महत्व नबुझ्दा त्यसै खेर गइरहेको हुन्छ । सामुदायिक वन तथा व्यावसायिक किसानलाई डिभिजन वनले आम्दानीको लाभ लिनका लागि टिमुरका बोट निःशुल्क वितरण गर्ने भएको छ । डोटीको हावापानीमा टिमुर राम्रै फल्ने भएकाले यसको व्यावसायिक उत्पादनका लागि आफैँले बेर्ना तयार गरेर वितरण गर्नसके धेरै जना लाभान्वित हुने प्रमुख रिजालको भनाइ छ ।

उनले डिभिजन वनले विभिन्न जातका बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्दै आए पनि अन्य बेर्नाभन्दा टिमुरका बेर्ना उत्पादन गर्न मेहनत र समय लाग्ने भएकाले अलि बढी खर्चिलो हुने बताए। उनले भने, ‘पहिलो पटक परीक्षणका रूपमा बेर्ना उत्पादन गर्दै छौं, बिउबाट बेर्ना उमार्ने भएकाले कति उम्रिन्छ, सफल भयो भने प्राइभेट नर्सरीबाट किन्नुपर्ने बाध्यता हट्छ ।’   

प्रतिक्रिया