Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा

सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा

धनगढी । उपनिर्वाचनको मिति नजिकिदै गर्दा सुदूरपश्चिममा चुनावी सरगर्मी बढेको छ । यहाँ रिक्त ५ पदका लागि हुने उपनिर्वाचनको चुनावी सरगर्मी बढेको हो । यहाँ ३ जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक दलका २६ जना चुनावी मैदानमा छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा सुदूरपश्चिममा १ गाउँपालिका उपाध्यक्षसहित ४ वडाअध्यक्ष गरी ५ पदको लागि प्रतिश्पर्धा हुँदैछ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी चुनावी प्रतिस्पर्धामा छन् । बझाङको सुर्मा गाउँपालिका-४ को वडाअध्यक्ष पदको लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहरा गरी ३ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

डोटीको पुर्वीचौकी गाउँपालिका-६ को वडाअध्यक्ष पदको लागि एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी कुमारी खड्का गरी ४ उम्मेदवार मैदानमा छन् । दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाअध्यक्ष पदको लागि एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा पनि वडाअध्यक्ष पदको लागि प्रतिश्पर्धा हुँदैछ । सो पदका लागि सबैभन्दा बढी १२ जना चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट बहादुर चन्द, कांग्रेसबाट प्रकाश चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट सुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाट थानेश्वर लेखक चुनावी मैदानमा उत्रिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भटट्का अनुसार चुनावी मैदानमा रहेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले यसअघि नै निर्वाचन चिन्ह प्रदान गरिसकेको छ । निर्वाचन चिन्ह प्राप्त गरिसकेपछि उम्मेदवारहरु आ आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिएका छन् ।

जिल्ला समन्वय समिति कैलाली प्रमुखमा भने यसअघि नै नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी टीकाकुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भइसकेकी छन् । निर्वाचन कार्यक्रम अनुसार मंसिर ६ देखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ । 

निर्वाचन आयोगबबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले उक्त आचारसंहितको अक्षरसः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया