Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रदेश सभाको गतिविधिमा सन्तुष्ट छैनन् सुदूरपश्चिमका सांसद

प्रदेश सभाको गतिविधिमा सन्तुष्ट छैनन् सुदूरपश्चिमका सांसद

कैलाली ।  सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको गतिविधिबारे असन्तुष्टि व्यक्त गरेका छन् । धनगढीमा सोमबार आयोजना गरिएको संसदीय खुल्लापन, अवधारण र अध्यास सम्बन्धी छलफल कार्यक्रममा उपस्थित भएका प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको गतिविधि र कामहरू बारे सन्तुष्टि व्यक्त गर्ने कुनै आधार नभएको टिप्पणी गरेका हुन् । कतिपय सांसदहरूले आफ्नै भूमिका पनि प्रभावकारी हुन नसकिरहेको बताएका थिए ।

उनीहरुले थुप्रै आश्वासन जनतालाई बाढेको तर, अहिले ती आश्वासन पुरा गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । केही सांसदहरूले आफूले गरेको काम समेत नदेखिएको भन्दै आफूहरूले तलब भत्ता खान समेत सकस भइरहेको टिप्पणी गरेका थिए । ‘प्रदेश सभा भित्र जति काम भएपनि पहिलो प्रदेश सभाले गरेको छ । हामी आएपछि केही काम देखिएको छैन। तलब भत्ता खाएको पनि अमिलो लाग्छ’ माओवादी सांसद शिवसिंह ओलीले भने, ‘अहिलेसम्म हामीले एउटा पनि कानुन बनाउन सकेका छैनौँ ।

जनताले आभास हुनेगरि काम गर्न सकेका छैनौँ । ’ एमाले संसदीय दल उपनेता सन्तोस कुमारी थापा शर्माले कानुन निर्माणलगायतका विषयमा जनताको सहभागिता हुन नसकिरहेको बताएकी थिइन् । सूचना र पारदर्शिता कमजोर रहेको बताउँदै उनले प्रदेश सभाले जति गर्नु पर्ने त्यति गर्न नसकेको बताइन् । एमालेकै सांसद धर्मराज पाठकले सांसदका गतिविधिहरूलाई प्रविधिसँग जोड्नु पर्नेमा जोड दिएका थिए । संसद् र संसदीय समिति गतिविधिहरू प्रभावकारी हुन नसकिरहेको समेत उनले बताए । सांसद जानकी ऐर बमले संसदीय गतिविधिलाई नागरिकसम्म पुराउनु पर्ने बताइन् ।

माओवादीका उपनेता अक्कल रावलले संसद् र सांसदको भूमिका कारण प्रदेशमा भ्रष्टाचार मौलाएको बताए । सरकारले विधेयक ल्याउन नसक्दा प्रदेश सभा कामविहीन भएको उनको भनाइ थियो । माओवादी सांसद रमेश धामीले दुई वर्षसम्म पनि जनताले अपेक्षा गरे अनुसारको काम हुन नसकेको स्वीकार गरेका थिए ।

माओवादी सांसद लक्ष्मि विकले कानुन निर्माणको विषयमा सबै भन्दा कमजोर सुदूरपश्चिम प्रदेश रहेको बताइन् । नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले प्रदेश सभा स्वायत्त हुँदा पनि भूमिका प्रभावकारी हुन नसकिरहेको भन्दै गुनासो गरेका थिए ।

कार्यक्रममा उपस्थित इन्सेकका खडकराज जोशी र गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिममा अध्यक्ष देवी खनालले प्रदेश सभा प्रभावकारी नहुँदा सङ्घीयता प्रति नै प्रश्न उठिरहेको बताएका थिए । कार्यक्रममा संसदीय रिपोर्टिङ गरिरहेका पत्रकारहरूले संसद्मा देखिएको अवस्थाबारे चित्रण गरेका थिए ।

प्रतिक्रिया