Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै

धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवम् प्रमुख व्यापारिक केन्द्र धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य संघले आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म यहाँ महोत्सव आयोजना गर्न लागेको हो । व्यापार व्यवसाय प्रवद्र्धनका साथै कला, संस्कृति, पर्यटन सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ १८ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

समृद्ध सुदूरपश्चिम बनाउने अभियानको रुपमा संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ । 
यस वर्षको महोत्सवमा कृषि, जडिबुटी, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना प्रविधि लगायतको गरेर पाँच सयवटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । 

उनले महोत्सव आयोजनामा तीन करोड खर्च हुने महोत्सव अवधिभरि १५ करोड रुपियाँको कारोबार हुने जानकारी दिए । 
करिब पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ ।  

यो महोत्सव सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि सम्भावनाको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, भाषाको संरक्षणमा कोसेढुङ्गा सावित हुने आयोजकले जानकारी दिएको छ ।

पशुपति टोलस्थित मैदानमा आयोजना हुने महोत्सवको धमाधम तयारी भइरहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवलाई भव्य र सभ्य बनाउन मुल आयोजक सहित २९ वटा समिति गठन गरिएको छ ।

उनका अनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ