Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै

धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवम् प्रमुख व्यापारिक केन्द्र धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य संघले आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म यहाँ महोत्सव आयोजना गर्न लागेको हो । व्यापार व्यवसाय प्रवद्र्धनका साथै कला, संस्कृति, पर्यटन सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ १८ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

समृद्ध सुदूरपश्चिम बनाउने अभियानको रुपमा संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ । 
यस वर्षको महोत्सवमा कृषि, जडिबुटी, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना प्रविधि लगायतको गरेर पाँच सयवटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । 

उनले महोत्सव आयोजनामा तीन करोड खर्च हुने महोत्सव अवधिभरि १५ करोड रुपियाँको कारोबार हुने जानकारी दिए । 
करिब पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ ।  

यो महोत्सव सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि सम्भावनाको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, भाषाको संरक्षणमा कोसेढुङ्गा सावित हुने आयोजकले जानकारी दिएको छ ।

पशुपति टोलस्थित मैदानमा आयोजना हुने महोत्सवको धमाधम तयारी भइरहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवलाई भव्य र सभ्य बनाउन मुल आयोजक सहित २९ वटा समिति गठन गरिएको छ ।

उनका अनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया