ताजा अपडेट
स्याउले–साफेबगर १३२ केभी प्रसारण लाइन बनाउन साफेबगर नगरपालिकाले आवश्यक समन्वय गर्ने
धनगढी– साफेबगर नगरपालिका क्षेत्रभित्र पर्ने स्याउले–साफेबगर १३२ केभी प्रसारण लाइन बनाउन पालिकाले आवश्यक समन्वय गर्ने भएको छ ।
आज नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा आयोजनामा देखापर्ने समस्याको समाधानमा समन्वय गर्ने प्रतिवद्धता गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणको प्रस्तावमा नगर प्रमुख कुँवरले आयोजनाको अध्ययन तथा निर्माण चरणमा कुनै समस्या देखा परेमा समन्वय तथा सहयोग गरि आयोजनाको विकासको समर्थन गरेको जनाइएको छ ।
सो बैठकमा आयोजनाको तार तथा टावर पर्ने जग्गाको क्षतिको उचित मुआब्जा उपलब्ध गराउनुपर्ने, आयोजनालाई आवश्यक पर्ने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने र स्थानीय तथा सबस्टेशन सुरक्षाका लागि सवस्टेशन वरपर घेरबार गरी सुरक्षित बनाउनुपर्ने पालिकाले माग अघि बढाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो
-
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न
-
साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित
-
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी
-
सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती
प्रतिक्रिया