Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चिसो बढेपछि तिंकर सीमा प्रहरी चौकी छाङरु सर्‍यो

चिसो बढेपछि तिंकर सीमा प्रहरी चौकी छाङरु सर्‍यो

दार्चुला — सबैभन्दा उचाइमा रहेको तिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ । तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।

छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो । चिसो बढेपछि तिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन् । सर्वसाधारण सदरमुकाम गएपछि प्रहरी भने छाङरु झरेका हुन् ।

प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो । तर प्रहरीले छाङरुस्थित नितिकुञ्जबाट तिंकर गाउँसम्मकै गस्ती गरिरहेको छ । ‘उच्च हिमाली भेग टिंकरमा चिसो बढ्नेबित्तिकै बाहिर निस्कन सकिने अवस्था रहदैन’, तिंकर खटिएको प्रहरीका एक जवानले भने, ‘छियालेक चौकीमा बढी चिसोमा बस्न मिल्ने संरचना छैन ।’

तिंकरका स्थानीय पनि मौसमी बसाइँ सरेर तल झरेपछि अन्य वर्षझैँ यसपालि पनि प्रहरी तल झरेको हो। गत वैशाखमा टिंकर गएको प्रहरी टोली आगामी बैशाखसम्म छाङरुमै बस्नेछ । सरकारले उच्च हिमाली भेगमा बस्न सक्ने बन्दोबस्तीका सामानको व्यवस्था नगर्दा चिसोमा चौकी छोड्नुपरेको प्रहरीको भनाइ छ ।

भारतले अतिक्रमण गरेको कालापानी नजिकका गाउँहरू छाङरु र टिंकरमा हिउँदमा भारी हिमपात हुने गरेको छ । सशस्त्रको गुल्म छाङरुमा बाह्रै महिना बस्न थालेपछि प्रहरीले त्यहाँबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया