Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ३० असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मार्तडीमा अटो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते

मार्तडीमा अटो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते

साफेँ मार्तडी सडक खण्डअन्तर्गत पर्ने बाजुरा सदरमुकाम मार्तडीको कारागार मोडमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

बुधबार राति ८ बजे बडीमालिका नगरपालिका वडा नं ६ विरेखोलाबाट मार्तडीका लागि आउँदै गरेको सु.प. प्र. ०१०० (ह) ६४८५ नम्बरको अटो अनियन्त्रित हुँदा मार्तडीको कारागार मोडमा दुर्घटना भएको हो।

अटो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन्। घाइते हुनेमा बडीमालिका नगरपालिका वडा नं ९ विरेखोला बस्ने अन्दाजी वर्ष २३ का अटो चालक गोविन्द साउँद, बडीमालिका– ८ बस्ने वर्ष २० का प्रकाश रावल  र सोही वडा बस्ने वर्ष २२ का दिपेन्द्र रावल रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। अटो कारागार मोडबाट दुई सय मिटर तल खसेको थियो।

प्रतिक्रिया