ताजा अपडेट
मार्तडीमा अटो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते
साफेँ मार्तडी सडक खण्डअन्तर्गत पर्ने बाजुरा सदरमुकाम मार्तडीको कारागार मोडमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।
बुधबार राति ८ बजे बडीमालिका नगरपालिका वडा नं ६ विरेखोलाबाट मार्तडीका लागि आउँदै गरेको सु.प. प्र. ०१०० (ह) ६४८५ नम्बरको अटो अनियन्त्रित हुँदा मार्तडीको कारागार मोडमा दुर्घटना भएको हो।
अटो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन्। घाइते हुनेमा बडीमालिका नगरपालिका वडा नं ९ विरेखोला बस्ने अन्दाजी वर्ष २३ का अटो चालक गोविन्द साउँद, बडीमालिका– ८ बस्ने वर्ष २० का प्रकाश रावल र सोही वडा बस्ने वर्ष २२ का दिपेन्द्र रावल रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
प्रहरीका अनुसार घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। अटो कारागार मोडबाट दुई सय मिटर तल खसेको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया