ताजा अपडेट
प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरिसकेको छ ।
मुख्यतः चीनको ठूलो परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमी तयारीका लागि परराष्ट्रमन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न
-
साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित
-
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी
-
सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती
-
विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै
प्रतिक्रिया