Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रधानमन्त्री सोमबार बेइजिङ जाने, मंगलबार शीर्ष वार्ता

प्रधानमन्त्री सोमबार बेइजिङ जाने, मंगलबार शीर्ष वार्ता

प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । बिहीबार परराष्ट्रमन्त्री छेन्दु पुगेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । 

१७ मंसिर (सोमबार) चारदिने औपचारिक भ्रमणका क्रममा चीन जान लागेका प्रधानमन्त्री ओलीको भ्रमण कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने नेपाल र चीनको तयारी छ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री ओलीपत्नी राधिका, परराष्ट्रमन्त्री आरजु राणा देउवा,  मुख्य सल्लाहकार विष्णु रिमाल, अर्थ सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, अर्थसचिव रामप्रसाद घिमिरे, लगानी बोर्डका सिइओ सुशील ज्ञवाली, प्रमुख दलका सांसद, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीसहित ३२ जनाको भ्रमण स्वीकृत गरेको छ । साथै तीन दर्जनजति उद्योगी–व्यापारी पनि निजी खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुनेछन् । 

कूटनीतिक च्यानलबिच तय भएअनुसार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच मंगलबार भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबिच दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ । त्यही दिन नेपाल–चीनबिच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ । 

प्रधानमन्त्री ओली बुधबार नेपाल–चीन उद्योगी–व्यवसायीहरूको सम्मेलनमा सहभागी हुने, पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको परराष्ट्र स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली सोमबार हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट बेइजिङ जाने कार्यक्रम छ ।

प्रतिक्रिया