Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रधानमन्त्री सोमबार बेइजिङ जाने, मंगलबार शीर्ष वार्ता

प्रधानमन्त्री सोमबार बेइजिङ जाने, मंगलबार शीर्ष वार्ता

प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । बिहीबार परराष्ट्रमन्त्री छेन्दु पुगेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । 

१७ मंसिर (सोमबार) चारदिने औपचारिक भ्रमणका क्रममा चीन जान लागेका प्रधानमन्त्री ओलीको भ्रमण कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने नेपाल र चीनको तयारी छ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री ओलीपत्नी राधिका, परराष्ट्रमन्त्री आरजु राणा देउवा,  मुख्य सल्लाहकार विष्णु रिमाल, अर्थ सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, अर्थसचिव रामप्रसाद घिमिरे, लगानी बोर्डका सिइओ सुशील ज्ञवाली, प्रमुख दलका सांसद, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीसहित ३२ जनाको भ्रमण स्वीकृत गरेको छ । साथै तीन दर्जनजति उद्योगी–व्यापारी पनि निजी खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुनेछन् । 

कूटनीतिक च्यानलबिच तय भएअनुसार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच मंगलबार भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबिच दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ । त्यही दिन नेपाल–चीनबिच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ । 

प्रधानमन्त्री ओली बुधबार नेपाल–चीन उद्योगी–व्यवसायीहरूको सम्मेलनमा सहभागी हुने, पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको परराष्ट्र स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली सोमबार हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट बेइजिङ जाने कार्यक्रम छ ।

प्रतिक्रिया

ट्रेन्डिङ