Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आजदेखि क्रिकेट महोत्सव

आजदेखि क्रिकेट महोत्सव

नेपाली क्रिकेट इतिहासकै ठुलो महोत्सव शनिबारदेखि सुरु हुँदै छ । आठ फ्रेन्चाइज टिम, ४० विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण र एक अर्बभन्दा बढी खर्च हुने नेपाल प्रिमियर लिग(एनपिएल)को उद्घाटन दसौँ हजार दर्शकमाझ दिउँसो त्रिवि मैदानमा हुनेछ । एनपिएलमार्फत अनेकौँ आरोह–अवरोह झेलिरहेको नेपाली खेल क्षेत्रमा नयाँ अध्यायको सुरुवात हुनेछ । 

नेपाली खेलकुदलाई नै नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको एनपिएलले मुलुकको संघीय संरचनाको समेत प्रतिनिधित्व गर्दै छ । सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्स, कर्णालीबाट कर्णाली याक्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, गण्डकीबाट पोखरा एभेन्जर्स, बागमतीबाट दुई टिम (काठमाडौं गुर्खाज र चितवन राइनोज), मधेशबाट जनकपुर बोल्ट र कोशी प्रदेशबाट विराटनगर किंग्सले प्रतिनिधित्व गरेका छन् । 

खेल मैदानको अभावले एनपिएलको पहिलो संस्करणका सबै खेल काठमाडौंमै खेलिनेछन् । उद्घाटन खेलमा जनकपुर बोल्ट र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ । कुल ३२ खेल हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । सीमित पूर्वाधारबिच एनपिएल आयोजना गरेर सरोकारवाला निकायले नेपालको खेल क्षेत्रलाई थप व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन सकिने सन्देश दिएका छन् । नेपाली क्रिकेट खेल उद्यमका रूपमा विकास गराउन भूमिका खेल्न सक्ने एनपिएलले उत्साही मात्र बनाएको छैन, खेल जगत्मा सुन्दर भविष्यको आशा पनि जगाएको छ । 

सातै प्रदेशको प्रतिनिधित्व गर्ने एनपिएल लिग खेलाडी र आयोजक मात्र होइन, दर्शक, निजी क्षेत्र र कला क्षेत्रलाई जोड्ने पुल बनेको छ । सफलतापूर्वक एनपिएल सम्पन्न गर्न सके यसले त्रिकेटको मात्र नभई नेपालको पर्यटन विकासमा पनि ठुलो योगदान पुर्‍याउने निजी क्षेत्रको विश्वास छ । 

चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)मा दोस्रो कार्यकालका लागि अध्यक्ष भएको पहिलो वर्षमै ठुलो लिग आयोजना भएको छ । क्यानका सचिव पारश खड्काले लिगलाई आफ्नो करिअरको प्रतिष्ठा बनाएर काम गरेका छन् । 

निजी क्षेत्रले दिल खोलेर एनपिएलमा लगानी गरेको छ । हरेक टिमका मालिकले प्रतियोगिता सम्पन्न गर्न १० देखि १४ करोडसम्म खर्च हुने अनुमान गरेका छन् । टिम खरिदमा मात्रै एक करोडदेखि साढे तीन करोडसम्म खर्च गरिएको छ । अक्सनमा खरिद गरिएका खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । निजी क्षेत्रको उत्साहजनक संलग्नता तथा लगानीले क्रिकेटलाई एउटा बलियो उद्योगमा रूपान्तरण गर्दै छ । लिगको सर्वाेत्कृष्ट नेपाली खेलाडीले ६० लाखभन्दा माथिको कार पाउनेछन् । एनपिएलले नेपाली खेलाडी र खेलप्रेमीलाई सुन्दर भविष्यको सपना देखाएको छ । 

प्रतियोगितालाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यसहित चर्चित भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ । विश्व क्रिकेटकै महारथी भारतीय क्रिकेटको मुख्य स्पोन्सर रहेको ‘ड्रिम ११’ यही लिगसँग जोडिएको छ । चर्चित अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले एनपिएललाई विश्वमाझ पुर्‍याउन उल्लेखनीय भूमिका खेल्ने क्यान पदाधिकारी, टिम मालिक, खेलाडी र दर्शक सबैको विश्वास छ ।

भारतबाट टेस्ट, एकदिवसीय र टी–२० आई खेलेका खेलाडी नेपाल आएर पहिलोपटक खेल्दै छन् । एनपिएलले नै यो अवसर जुर्‍याएको हो । भारतलाई एसिया कप एवं आइपिएलको उपाधि जिताएका शिखर धवनसँगै अस्ट्रेलियाका चर्चित खेलाडी बेन कटिङ, पाकिस्तानलाई विश्वकप जिताएका सोहेल तनभिर एनपिएल खेल्दै छन् । कटिङ लुम्बिनी, सोहेल चितवन र शिखर धवन कर्णालीमा आबद्ध छन् । धवनलाई अनुबन्ध गर्न हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले करिब दुई करोड नेपाली रुपैयाँ खर्च गरेको छ । उनले प्रत्येक खेलबाट ३० हजार अमेरिकी डलर पाउनेछन् ।

क्यानका सचिव पारस खड्काले एनपिएल नेपाली क्रिकेटको नयाँ अध्यायमा पुगेको उदाहरण रहेको बताए । ‘नेपाली क्रिकेट नयाँ अध्यायमा पुगेको छ । अब हामीले एनपिएललाई प्रतियोगिता मात्रै नभएर एउटा संस्कार बनाउनुपर्छ । क्रिकेट मात्रै नभएर प्रतियोगिताले नेपाललाई नै विश्वमा चिनाउनेछ । यो प्रतियोगिता राष्ट्रिय गौरवसँग जोडिएको छ । आज जहाँ पनि जान्छौँ नेपाली क्रिकेटको चर्चा छ । चर्चासँगै आशा पनि धेरै गरिएको छ, त्यसलाई पूरा गर्नुपर्छ,’ उनले भने । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एनपिएलले खेललाई नयाँ तरिकाले सोच्ने ठाउँमा पुर्‍याएको बताए ।

सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटा एनपिएल आफूहरूका लागि ठुलो महोत्सव रहने बताए । ‘हाम्रा लागि यो प्रतियोगिताको महोत्सव हो । नेपाल र एसोसिएटका खेलाडीलाई देखाउने ठुलो अवसर हो । स्टार स्पोर्टस्बाट लाइभ हुँदै छ । निजी क्षेत्रको आगमन भएको छ,’ उनले भने, ‘यसले गर्दा नेपाली क्रिकेटको स्तरवृद्धि हुनेछ । शिखर धवनजस्तो खेलाडी आउँदा धन्यवाद भन्नुपर्छ । उहाँको आगमनले लिगको चार्म बढेको छ । प्रतियोगिताका लागि म मात्र होइन, समग्र नेपाल नै उत्साहित छ ।’

प्रतिक्रिया