Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरू

स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरू

स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार ४१ पदका लागि मतदान सुरू भएकाे छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ मतदान हुनेछ । 

निर्वाचन आयोगका अनुसार नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३३ वडाध्यक्षका लागि मतदान हुँदैछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनका लागि दुई लाख २६ हजार ७९९ मतदाता (१ लाख ११ हजार ८९६ महिला र १एक लाख १४ हजार ९०० पुरुष र तीन अन्य) छन् । दल र स्वतन्त्रका गरी ३७६ उम्मेदवार मैदानमा छन् ।

आयोगले मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र तथा स्थायी लेखा नम्बर परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक, गर्भवती, फरक क्षमता भएका व्यक्ति, बिरामी, किरियापुत्री र अन्य लिंगीलाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोग प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित निर्वाचन क्षेत्रमा बिदाको व्यवस्थासहित आवश्यक निर्देशन दिइएको बताइन् । 

मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रङका निर्वाचन चिह्न छन् । उम्मेदवारका आधारमा प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्रे डिजाइन गरिएको छ । सुरुमा आयोगले ४४ स्थानमा उपनिर्वाचनको प्रक्रिया अगाडि बढाएको थियो । २ मंसिरमा मनोनयनका क्रममा एक मात्र उम्मेदवारी परेपछि ओखलढुंगा र कैलाली जिसस प्रमुखमा क्रमशः कांग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित बनेका थिए ।

त्यस्तै, रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित बने । तीन स्थानमा निर्विरोध निर्वाचित भएसँगै बाँकी ४१ स्थानका लागि मतदान हुन लागेको हो ।

प्रतिक्रिया