Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरू

स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरू

स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार ४१ पदका लागि मतदान सुरू भएकाे छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ मतदान हुनेछ । 

निर्वाचन आयोगका अनुसार नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३३ वडाध्यक्षका लागि मतदान हुँदैछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनका लागि दुई लाख २६ हजार ७९९ मतदाता (१ लाख ११ हजार ८९६ महिला र १एक लाख १४ हजार ९०० पुरुष र तीन अन्य) छन् । दल र स्वतन्त्रका गरी ३७६ उम्मेदवार मैदानमा छन् ।

आयोगले मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र तथा स्थायी लेखा नम्बर परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक, गर्भवती, फरक क्षमता भएका व्यक्ति, बिरामी, किरियापुत्री र अन्य लिंगीलाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोग प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित निर्वाचन क्षेत्रमा बिदाको व्यवस्थासहित आवश्यक निर्देशन दिइएको बताइन् । 

मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रङका निर्वाचन चिह्न छन् । उम्मेदवारका आधारमा प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्रे डिजाइन गरिएको छ । सुरुमा आयोगले ४४ स्थानमा उपनिर्वाचनको प्रक्रिया अगाडि बढाएको थियो । २ मंसिरमा मनोनयनका क्रममा एक मात्र उम्मेदवारी परेपछि ओखलढुंगा र कैलाली जिसस प्रमुखमा क्रमशः कांग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित बनेका थिए ।

त्यस्तै, रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित बने । तीन स्थानमा निर्विरोध निर्वाचित भएसँगै बाँकी ४१ स्थानका लागि मतदान हुन लागेको हो ।

प्रतिक्रिया

ट्रेन्डिङ