Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पहिलो त्रैमासिक मूल्यांकनमा जिल्ला प्रशासन डडेल्धुरा उत्कृष्ट, अन्यकाे अवस्था कस्ताे ?

पहिलो त्रैमासिक मूल्यांकनमा जिल्ला प्रशासन डडेल्धुरा उत्कृष्ट, अन्यकाे अवस्था कस्ताे ?

काठमाडौं । गृह मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र पाल्पा उत्कृष्ट भएका छन् ।

मन्त्रालयले बुधवार मात्रै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१–८२ प्रथम त्रैमासिक नतिजामा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र पाल्पाले जम्मा २९.५ अंकमा २९.०७५ अंक प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएका हुन् ।

डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा अहिले उपसचिव चोमेन्द्र न्यौपाने छन् । उनी भदौ २४ गतेदेखि डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् । उनी डडेल्धुरामा यस अघि पनि प्रमुख जिल्ला अधिकारी भइसकेकाले दोस्रो कार्यकाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् ।

यस्तै पाल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव तोयनारायण सुवेदी रहेका छन् । यद्यपी उनी गत कात्तिक ११ गतेदेखि मात्रै प्रमुख जिल्ला अधिकारीका जिम्मेवारीमा छन् । पहिलो त्रैमासिक मूल्यांकनको बेला प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आनन्द काफ्ले थिए ।

मन्त्रालयले तय गरेका विभिन्न सूचकलाई पुरा गरेका आधारमा गरिएको मूल्याँकनका क्रममा डडेल्धुरा र पाल्पापछि दोस्रो २९.०६५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर दोस्रो बन्न सफल भएको छ ।

मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव तिर्थराज चिलुवाल रहेका छन् । उनी गत जेठ २३ देखि अहिलेसम्म उक्त जिम्मेवारीमा छन् । यस्तै २९.०६२५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय पर्वत तेस्रो हुन सफल भएको छ । पवर्तको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव केदारनाथ शर्मा रहेका छन् । उनी उनी गत जेठ ६ गतेदेखि उक्त जिम्मेवारीमा छन् ।

२९.०४९३ अंक प्राप्त गर्दै चितवन उत्कृष्ठ चौथो जिल्ला बन्न सफल भएको छ । चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा प्रकाश पौडेल रहेका छन् ।

यद्यपी उक्त मूल्यांकन अवधिमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा इन्द्रदेव यादव थिए । उनी गत जेठ २३ देखि कात्तिक ८ गतेसम्म चितनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए ।

यस्तै २९.०४३३ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय कास्की उत्कृष्ट पाचौँमा पर्न सफल भएको छ । कास्कीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव भरणमणी पाण्डे रहेका छन् । उनले उनी गत जेठ २१ देखि अहिलेसम्म उक्त जिम्मेवारीमा रहेका छन् । त्यसपछि क्रममा उत्कृष्टमा तेह्रथुम, कञ्चनपुर, भक्तपुर, धनकुटा, सुनसरी, पश्चिम रुकुम लगायतका जिल्ला रहेका छन् ।

कार्यसम्पादनमा सबैभन्दा कम २०.९०५ अंक प्राप्त गर्दै सबैभन्दा कमजोर देखिएको छ । दोस्रो कमजोरमा मुस्ताङ, खोटाङ, हुम्ला, सिन्धुली र सिन्धुपाल्चोक रहेका छन् ।

पर्सा अहिले प्रमुख जिल्ला अधिकारी सहसचिव गणेश अर्याल रहेका छन् । उनी गत कात्तिक १२ गतेदेखि उक्त जिम्मेवारीमा छन् । यद्यपी मन्त्रालयले त्रैमासिक मूल्यांकन गर्दा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा दिनेशसागर भुसाल थिए ।

 

 

प्रतिक्रिया