Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

नेपाली कांग्रेस अछामका नेताहरुद्धारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

नेपाली कांग्रेस अछामका नेताहरुद्धारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

अछाम -नेपाली कांग्रेस अछामका नेताहरु द्धारा जिल्लाको रामारोशनका बाढी पीडितको राहतका लागि आर्थिक  सहयोग प्रदान गरिएको छ । मंगलसैन नगरपालिका ओलीगाउँ हाल काठमाडौं निवासी कांग्रेस नेता विनय रावलले बाढी पीडितको राहतका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

त्यस्तै बान्नीगढी जयगढ गाउँपालिका दर्ना निवासि र हाल अमेरीका बस्दै आएका कांग्रेस नेता तथा समाजसेबी बिष्णु बहादुर शाहले १ लाख,एक हजार, एक सय ,एघार ,साफेबगर नगरपालिका रिडीकोट निवासि कांग्रेस नेता तथा समाजसेबी राजेन्द्र बहादुर शाहले ५५ हजार गरी बिभीन्न कांग्रेस नेता हरुबाट २ लाख ५० हजार बढी आर्थिक सहयोग भएको छ । रामारोशनका बाढी पीडित लाई राहतका लागी जुट्न सम्पुर्ण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेको नेपाली कांग्रेस अछामका पाटी सभापति भरत कुमार स्वारले बताए ।

रामारोशन गाउपालिका– ५ सैनीबजारमा बाढीले बगाएका ११ जना अझै बेपत्ता रहेका छन् । बाढीले बगाएको १७ जना मध्ये अहिलेसम्म ६ जनाको मात्र शब फेला परेको छ ।१५ वर्षीया नवीन साउद, ३५ वर्षीया गौरी शाह र ५४ वर्षीया चन्द्र साउँद,४५ बर्षका अम्मर शाह,४७ बर्षिया लालसरा शाही,२२ बर्षिया बबिता बुढाको शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी योगेन्द्रसिंह थापाका अनुसार अहिले पनी खोजी कार्य जारी रहेको छ ।बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।मंगलवार राती परेको पानीले रामाशरोनमा ठुलो धनजनको क्षति गरेको छ ।

प्रतिक्रिया