ताजा अपडेट
स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो, सुलोचनाले उल्टाइन् नतिजा
कैलाली । २०७९ को स्थानीय तहको निर्वाचनमा १७३ मतले पराजित भएकी एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले त्यो भन्दा बढि मत पाउँदै उपनिर्वाचन जितेकी छन्।
२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार मैनादेवी जैसी विजयी भएकी थिइन् ।जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा बुढाले एक हजार ६३७ पाएकी थिइन्। जोशीको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पुलतीसरा शाहीलाई २६६ मतले पछि पार्दै सुलोचना निर्वाचित भएकी हुन् ।
सुलोचना १ हजार ७४० मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार पुलतीसराले १ हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ पाएकी छन् । ७ हजार ४६० मध्ये ३ हजार ९०३ जनाले मतदान गरिसकेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया