ताजा अपडेट
पूर्वीचौकी गाउँपालिका-६ मा कांग्रेसका मोहन थापा विजयी
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् ।
थापाले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पार्दै विजयी भएका हुन् । मोहनले ४६८ मत पाउदा देवबहादुरले ३०१ मतमै चित्त बुझाउनु पर्यो । २०७४ सालको निर्वाचनमा सोही पदमा देवबहादुरले मोहनलाइ हराएका थिए ।
चुनावी मैदानमा रहेका रास्वपाका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र माओवादीका देवीलाल थापाले २६ मत प्राप्त गरे ।
१५९३ मतदाता रहेको यस वडामा ८३९ मत खसेको थियो। १३ मत बदर भएका छन् ।
२०७९ निर्वाचनमा यो वडामा कांग्रेसलेनै विजयी प्राप्त गरेको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया