Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

३४ पदको नतिजा सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

३४ पदको नतिजा सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३४ स्थानको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ४ वडाध्यक्षमा कब्जा जमाएको छ । त्यसैगरी कपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जित निकालेको छ ।   

त्यसैगरी जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा विजय हासिल गरेका छन् ।

कांग्रेसले जितेका स्थान

१.बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा

२.हेटौडा उपमहानगरपालिका १२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारी

३.मुसिकोट नगरपालिका १,आनन्द श्रेष्ठ

४.भीमदत्त नगरपालिका ६ प्रकाश चन्द

५.ठाकुरबाबा नगरपालिका ४ अमिन थारु

६.गढी गाउँपालिका ६ तेतर साहु

७.रुन्टीगढी गाउँपालिका ४ भूपमणि पुन मगर,

८.ईशनाथ नगरपालिका ७ शेख अब्दुल खलिक

९.सानीभेरी गाउँपालिका ५ मोती राम खत्री

१०.कीर्तिपुर नगरपालिका १ इच्छा कुमार महर्जन

११.पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा

१२.लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु

१३.दुहुँ गाउँपालिका ५ धन सिंह कुँवर

१४.कुसे गाउँपालिका ७ खम्ब बहादुर सिँह

१५.राजपुर नगरपालिका ६ मा समसे आलम

नेकपा एमाले जितेका स्थान

१.दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही

२.बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी

३.शुद्धोधन गाउँपालिका १ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान

४.रामगोपालपुर नगरपालिका २ सकिवुल खाँ

५.मोलुङ गाउँपालिका ५ गंगा वहादुर तामाङ

६.सिरीजङ्घा गाउँपालिका ३ कुमारी सावादेन 

७. दुल्लु नगरपालिका-१३ लालबहादुर शाही

माओवादी केन्द्र

१.ककनी गाउँपालिका २ कृष्ण घिमिरे

२.त्रियुगा नगरपालिका १२ नविन कुमार वान्तवा राई

३.धनुषाधाम नगरपालिका १ शुनिल कापर केवट

४.गोरखा नगरपालिका ५ बिष्‍णु बहादुर मगर

५.पुथा उत्तरगंगा २ वडाध्यक्ष जगत घर्ती काजु  (निर्विरोध यसअघि नै)

६. मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष नमो नारायण माझी

७. नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने 

जसपा नेपाल

१. डाक्नेश्वरी नगरपालिका १ धिरेन्द्र कुमार साह

२.डाक्नेश्वरी नगरपालिका ४ मा देवेन्द्र प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

१.काठमाडौँ महानगरपालिका वडा नम्बर १६ रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी

१.रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा बजरंगी प्रसाद यादव

नेमकिपा

१. तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा खड्ग राज शाही

स्वतन्त्र

१.कन्काई नगरपालिका वडा नं ६ मा लक्ष्मीप्रसाद ओली

प्रतिक्रिया