Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

एनपीएल : तनविरको घातक बलिङमा चितवनलाई सामान्य लक्ष्य

एनपीएल : तनविरको घातक बलिङमा चितवनलाई सामान्य लक्ष्य

सोहेल तनविरको घातक बलिङमा काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु जितका लागि १ सय १२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार पारेको हो। 

काठमाडौँलाई सस्तैमा रोक्न तनविरले पाँच विकेट लिए। एनपीएलको एकै खेलमा पाँच विकेट लिए तनविर पहिलो खेलाडी बने। उनले आफ्नो स्पेलमा मात्र २१ रन दिए। 

कप्तान कुशल मल्ल, अमर राउटेला, ल्युक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले समान एक विकेट झारे। 

सुमित महर्जनले बनाएको २९ रन नै काठमाडौका लागि सर्वाधिक रह्यो। माइकल लेभिटले २५ रन थपे। चौथो ओभरको चौथो बलमा माइकल लेभिट २५ रन बनाउँदा क्याच आउट हुन पुगे।

डान डौथवेट १९ र दिपेश कँडेल १ रनमा अविजित रहे। 

भीम सार्की, करण केसी र साहब आलम १ रनमा पेभेलियन फर्के। 

रासिद खान ४ रन बनाउँदा क्याच आउट भए। त्यसअघि ११ औँ ओभरको तेस्रो बलमा शंकर राना १६ रन बनाउँदै पेभेलियन फर्के। चौथो विकेटका रुपमा काठमाडौले भिम सार्कीलाई गुमाएको थियो। भिम १ रन बनाउँदा सोहेल तनविरको बलमा एलबीडब्लु धरापमा परे। तेस्रो विकेटका रुपमा जेहार्ड इरासमसलाई गुमाएको हो। पाचौँ ओभरको चौथो बलमा इरासमस ४ रन बनाउँदा कुशल मल्लको बलमा बोल्ड आउट भए। 

दोस्रो ओभरको पहिलो बलमा अ‍ोपनर स्टेफेन इस्कीनाजी २ रन बनाउँदा सोहेल तनविरको बलमा अमर राउटेलाको हातबाट क्याच आउट भए। 

चितवनले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रतिक्रिया