Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रधानमन्त्री ओली बेइजिङमा : आज शीर्ष वार्ता र सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री ओली बेइजिङमा : आज शीर्ष वार्ता र सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री केपी ओली उत्तरी छिमेकी चीनको चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार साँझ बेइजिङ पुगेका छन् । हिमालय एयरलाइन्सको चार्टर उडानबाट बेइजिङ अवतरण गरेका ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री (परराष्ट्रसचिवसरहका)सहित चिनियाँ अधिकारीले स्वागत गरे ।

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच मंगलबार ग्रेट हल अफ द पिपुलमा पौन १ घण्टा औपचारिक वार्ता हुनेछ । समकक्षीसँग भेटवार्ता सकिएपछि पिपुल्स कंग्रेसका अध्यक्ष झाओ लेजीसँग र अन्तिममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आधा–आधा घण्टा भेटवार्ता गर्ने कार्यतालिका छ । 

परराष्ट्र मन्त्रालयले तयार गरेको भ्रमणतालिकाअनुसार समकक्षी लीसँग प्रधानमन्त्रीको औपचारिक वार्ता चिनियाँ समयअनुसार बिहान सवा ११ बजेदेखि १२ बजेसम्म हुनेछ । वार्तामा दुवैतर्फ प्रधानमन्त्री, आठ–आठजना उच्च अधिकारी तथा चार–चारजना अनुवादक रहेछन् ।

लीसँगको भेटवार्तापछि १२ बजेदेखि सवा १२ बजेसम्म दुईपक्षीय समझदारीहरूमा हस्ताक्षर हुनेछ । नेपाल र चीनबिच हुने विभिन्न सम्झौता तथा बिआरआईको परिमार्जित प्रस्तावमा छलफल हुनेछ । बेइजिङमा दुई देशबिच चीनसँग २०२५ देखि २०२९ सम्मको पञ्चवर्षीय विकास योजना, सार्वजनिक सेवा प्रसारण संस्था र चीनको चाइना मिडिया ग्रुपबिच सहकार्य, नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम सञ्चालन र संखुवासभाको किमाथांका नाका जोड्ने पक्की पुल निर्माणलगायतका विषयमा समझदारीमा हस्ताक्षर हुनेछ । 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ प्रधानमन्त्री लीले दिउँसो १२:२० देखि एक घण्टासम्म दिवाभोज आयोजना गर्दै छन् । दिवाभोजमा प्रधानमन्त्री, औपचारिक वार्तामा सहभागी आठजना तथा भ्रमण दलका थप २१ जना सहभागी हुनेछन् । 

प्रधानमन्त्री लीसँग ओलीको पहिलो भेटवार्ता हुन लागेको हो । यसअघि दुईपटक बेइजिङमा प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री ली खछियाङसँग भेटवार्ता गरेका थिए । पूर्वप्रधानमन्त्री खछियाङको निधन भइसकेको छ । ली छ्याङ प्रधानमन्त्री भएपछि उनीसँग ओलीको पहिलो भेट हो । 

ओलीको ग्रेट हल अफ द पिपुलमा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग अपराह्न ३ बजेदेखि आधा घण्टा भेटवार्ता हुनेछ । भेटमा दुवै पक्षका १९–१९ जना सहभागी हुनेछन् । 

प्रधानमन्त्री ओलीले बुधबार बिहान पेकिङ विश्वविद्यालयमा नेपाल–चीन सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनपछि ओलीले सहभागीहरूका तर्फबाट पाँचवटा प्रश्नको उत्तर दिनेछन् । त्यसपछि प्रधानमन्त्रीले नेपाली राजदूतावास, चाइना काउन्सिल अफ प्रमोसन अफ इन्टरनेसनल ट्रेड फेडरेसन अफ नेपाली चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमलाई चिनियाँ वाणिज्यमन्त्रीले सम्बोधन गर्नेछन् । 

साँझ प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीद्वारा आयोजित रात्रिभोजमा उनी सहभागी हुनेछन् । बेइजिङको फोर सिजन होटेलमा रात्रिभोज राखिएको छ । प्रधानमन्त्री ओलीले त्यहाँ सहभागीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओली बिहीबार बिहान नेपाली राजदूतावास भ्रमणमा जाने र त्यहाँ दूतावासका कर्मचारीसँग कुराकानी गरेर बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्नेछन् । 

प्रधानमन्त्रीसँग सरकारी र निजी क्षेत्रका ८७ सदस्यीय प्रतिनिधिमण्डल छ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रका कामु सचिव अमृतबहादुर राईलगायत छन् । 

राष्ट्रपति सीसँग ओलीको चौथो भेट
चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको मंगलबार हुने भेट चौथो हो । प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिच ग्रेट हल अफ द पिपुलको भिल्ला नम्बर १२ मा मंगलबार अपराह्न ४ बजेदेखि आधा घण्टा भेट्ने तय भएको छ । दुवैतर्फ शीर्ष नेतासहित १३–१३ जना प्रतिनिधि भेटवार्तामा सहभागी हुनेछन् । 

पहिलोपटक प्रधानमन्त्री हुँदा ओली ०७२ चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमणमा जाँदा चिनियाँ राष्ट्रपति सीसँग ८ चैत ०७२ मा भेटवार्ता गरेका थिए । त्यो उनको पहिलो भेटवार्ता थियो । ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा ०७५ असार ५ देखि १० सम्म चीनको औपचारिक भ्रमणमा जाने क्रममा ६ असारमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । त्यो उनको दोस्रो भेट थियो । तेस्रोपटक राष्ट्रपति सीसँग ओलीले २६ असार ०७६ मा काठमाडौंमा भेटवार्ता गरेका थिए । चिनियाँ राष्ट्रपतिले २५–२६ असोज, २०७६ मा नेपालको राजकीय भ्रमण गरेका थिए । 

प्रतिक्रिया