Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेसले जित्यो कीर्तिपुरको मेयर

कांग्रेसले जित्यो कीर्तिपुरको मेयर

कीर्तिपुरको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले जितेको छ।

सुरूदेखि नै अगाडि रहेका कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४५५५ मत पाएका छन्।

त्यस्तै नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४३३७ पाए।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत, स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १३१४ मत र दिनेशकुमार अधिकारीले १०४८ मत पाएका हुन्।

यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९०४३ मत प्राप्त गरेका थिए।

वडा नम्बर १ को अध्यक्ष पदमा पनि कांग्रेसका हिरालाल महर्जनले ७७८ मत प्राप्त गरी विजयी बनेका थिए।

यस्तै वडा नम्बर ४ मा श्यामकुमार अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए।

तीनै जना जनप्रतिनिधिको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

वडा नम्बर १ र वडा नम्बर ४ मा पनि नेपाली कांग्रेस नै विजयी भएको छ।

वडा १ मा इच्छाकुमार महर्जन र ४ मा राजेन्द्र बानियाँ निर्वाचित भएका हुन्।

प्रतिक्रिया