Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

शोकमा रामारोशन ,बाढीमा मिसिए १७ जनाका कराडौं सपना

शोकमा रामारोशन ,बाढीमा मिसिए १७ जनाका कराडौं सपना

मेनुका ढुंगाना (अछाम)
रामारोशन गाउँपालिका ५ सैनीबजारमा व्यापार व्यवासाय गरिरहेका ४५ वर्षीय नन्द सिंह साउद गरी उनका ७ जनाको परिवारलाई मंगलबार मध्यराती कैलाश खोलामा आएको बाढीले बेपत्ता पार्यो ।  उनकी श्रीमती गंगा ,जेठो छोरा रुपेश ,बुहारी कविता , कान्छो छोरा नविन , सासु बिमादेवी, दिदी जोगादेवी , नातीनी प्राप्तीलाई कैलाश खोलाको बाढीले बगायो ।ठूलो लगानीमा सैनी बजारमै बनाएको नौलो घर बाढीमा मिसियो । यी मध्ये नन्दसिंहका कान्छो छोरा नविन र बुहारी कविताको मात्रै शव भेटिएको छ । ‘भाटाकाटीयामा विवाह गरेकी जेठी छोरी कौशीला पनि माइतमा बस्थीन् । त्यो दिन मात्रै आफ्नो घर गएर बाचिन् ’ बेपत्ता भएका नन्दसिंहका आफन्त कम्मानसिंह साउदले भने ,‘कान्छि छोरी सनानी गाउँमा बस्ने बाजेबज्यैलाई भेट्न गएकाले उनी पनि बचेकी छन् ।
कम्मान सिंहका अनुसार सैनी बजारका अर्का व्यापारी अम्बर शाहसहित उनको पसलबाट श्रीमती पवित्रा , छोरा समीर गरि तिन जनाको परिवारलाई पनि बाढीले बगायो । उनको परिवारका तिनै जना अहिलेसम्म बेपत्ता नै छन् । श्रीमान्सँगको सम्बन्ध राम्रो नभएपछि माइती गाउँमा आएर व्यवसाय गरिरहेकी अम्बरकी दिदी लालसरा शाही र भान्जा बसन्त शाही पनि कैलासखोलामै बगे । अहिलेसम्म लालसरा र अम्मरको शव मात्रै भेटिएको छ । 
सैनीबजारका स्थानीय चन्द्र साउद र उनकी श्रीमती बसुदेवि पनि सोहि राती कैलाश खोलाको बाढीमा बेपत्ता भए । चन्द्रको शव भने दर्नामा भेटियो । अर्का व्यापारी हिक्मत शाहका दुइवटा श्रीमतीमध्ये कान्छि श्रीमती गौरी शाहको शव भेटिएको छ ।‘म सामान्य घाइते भएको छु । कान्छि श्रीमती गौरी कार्तिकमा बच्चा पाउने थिइन् । जेठी श्रीमती सम्झना अहिलेसम्म बेपत्ता छिन् ’ हिक्मतले भने ,‘अब शव पनि पाईँदैन होला भन्ने लागिसक्यो । दैवले मलाई एक्लो बनायो । अहिले पुरै गाउँ शोकमा छ । ’


रामारोेशनको सैनीबजारमा गएको बाढीले स्थानीयलाई व्यवस्थापन गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । बाढी आउनुको प्रारम्भिक कारण अध्ययन गर्दा कैलाश खोलाको मुहानमा गएको पहिरोले थुनिएको र एक्कासि बिस्फोट भएको हुनसक्ने उनले बताए ।‘मुहान थुनिएर पहिरो जाँदा सैनीबजार विस्थापित भयो । अहिले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिरहेको छ । क्षतीको एकिन विवरण आउन सकेको छैन ’प्रजिअ उपाध्यायले भने ,‘१७ जनामध्ये ६ जनाको शव भेटिएको छ । बेपत्ताको खोजिको लागि नेपाली सेना, नेपाल प्रहरी,शसत्र प्रहरी र स्थानीयहरु खटिरहेका छन् ।’ विस्थापित परिवारको लागि गाउँपालिकाले नै तत्काल राहतको व्यवस्थाा गरेको उनले बताए । ‘रामरारोशन क्षेत्रमा क्षती भएको एकिन विवरण अहिले हामीले खोजिरहेका छौं । घाइतेको उपचार, पिडितलाई राहात , विस्थापितलाई पुर्नस्थापना गर्नतर्फ लागेका छौं ।’

 

प्रतिक्रिया