Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

संरक्षण अभावमा संरचनामा तोडफोड र दुर्गन्धित बन्दै धनगढी त्रिवेणी घाँट

संरक्षण अभावमा संरचनामा तोडफोड र दुर्गन्धित बन्दै धनगढी त्रिवेणी घाँट

धनगढी– दक्षिणपट्टी छ मोहना खोला । त्यसको छेउमा छ धनगढी उपमहानगरपालिकाद्धारा निर्मित त्रिवेणी घाट । घाँटभित्र बनाइएको छ शव दाहस्थल र कृया घर । तर, अहिले संरक्षणको अभावमा सो घाँट दुर्गन्धित र जिर्ण बन्दै गएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा पर्ने घाँटको संरक्षणमा उपमहानगरपालिकाले जोड नदिँदा जिर्ण बन्न थालेको स्थानीयहरु बताउँछन । कृया घरमा लगाइएको झयालका सिसा फुटाइएका छन । अन्य संरचनामा पनि तोडफोड भएको छ तर, यसको संरक्षणका लागि उपमहानगपालिकाले ध्यान दिन नसकेको स्थानीयहरुले बताए ।

घाँटका संरचनामात्र नभई सो घाँटमा शब दाह गर्न जाने मानिसहरुले त्यहाँ जथाभावी फोहोर फाल्ने गरेका छन । तर त्यसको पनि व्यवस्थापन गर्नमा उपमहानगरपालिकाले जोड नदिएको उनीहरु बताउँछन ।

वडा नम्बर ९ का वडा अध्यक्ष  प्रेमराज भण्डारीले उपमहानगरपालिकालाई एक जना जनशक्तिको व्यवस्थापन गर्न माग गर्दा समेत ध्यान नदिएको बताए । उनले भने –‘हामीले उपमहानगरपालिकासंग पटक–पटक त्रिवेणी घाँटमा कर्मचारी खटाउन माग गरेका थियौ । तर, उपमहानगरपालिकाले वेवास्ता गर्दै आएको छ ।’

उनले फोहोर व्यवस्थापन नहुनु र संरचना जिर्ण हुँदै जानुले उपमहानगरपालिकाको लगानीनै सदुपयोग हुन नसकेको बताए । उनले भने –‘कर्मचारीको व्यवस्थापन भएको भए त्यहाँका संरचना सुरक्षित राख्न सकिने थियो । त्यहाँ खानेपानी, विद्युत लगायतको व्यवस्थापन हुन पनि जरुरी छ ।’

उनले यस वर्ष वडा कार्यालयले सो घाँटमा सरसफाई गर्न एक लाख बजेट व्यवस्थापन गरेको बताए । धनगढी उपमहानगरपालिकाको सरसफाई शाखा  प्रमुख अशोक अवस्थीले सो घाँटमा सरसफाईका लागि माग आए आफुहरुले कर्मचारी खटाउने गरेको बताए । तर, संरचना संरक्षणको पाटो आफनो क्षेत्राधिकारमा नरहेको उनको भनाई छ ।

उनले भने –‘जथाभावी फोहोर भयो भनेर गुनासो आए कर्मचारी खटाएर फोहोर उठाउने गरेका छौं । अहिलेसम्म फोहोरको गुनासो आएको छैन ।’ 

प्रतिक्रिया