Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

संरक्षण अभावमा संरचनामा तोडफोड र दुर्गन्धित बन्दै धनगढी त्रिवेणी घाँट

संरक्षण अभावमा संरचनामा तोडफोड र दुर्गन्धित बन्दै धनगढी त्रिवेणी घाँट

धनगढी– दक्षिणपट्टी छ मोहना खोला । त्यसको छेउमा छ धनगढी उपमहानगरपालिकाद्धारा निर्मित त्रिवेणी घाट । घाँटभित्र बनाइएको छ शव दाहस्थल र कृया घर । तर, अहिले संरक्षणको अभावमा सो घाँट दुर्गन्धित र जिर्ण बन्दै गएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा पर्ने घाँटको संरक्षणमा उपमहानगरपालिकाले जोड नदिँदा जिर्ण बन्न थालेको स्थानीयहरु बताउँछन । कृया घरमा लगाइएको झयालका सिसा फुटाइएका छन । अन्य संरचनामा पनि तोडफोड भएको छ तर, यसको संरक्षणका लागि उपमहानगपालिकाले ध्यान दिन नसकेको स्थानीयहरुले बताए ।

घाँटका संरचनामात्र नभई सो घाँटमा शब दाह गर्न जाने मानिसहरुले त्यहाँ जथाभावी फोहोर फाल्ने गरेका छन । तर त्यसको पनि व्यवस्थापन गर्नमा उपमहानगरपालिकाले जोड नदिएको उनीहरु बताउँछन ।

वडा नम्बर ९ का वडा अध्यक्ष  प्रेमराज भण्डारीले उपमहानगरपालिकालाई एक जना जनशक्तिको व्यवस्थापन गर्न माग गर्दा समेत ध्यान नदिएको बताए । उनले भने –‘हामीले उपमहानगरपालिकासंग पटक–पटक त्रिवेणी घाँटमा कर्मचारी खटाउन माग गरेका थियौ । तर, उपमहानगरपालिकाले वेवास्ता गर्दै आएको छ ।’

उनले फोहोर व्यवस्थापन नहुनु र संरचना जिर्ण हुँदै जानुले उपमहानगरपालिकाको लगानीनै सदुपयोग हुन नसकेको बताए । उनले भने –‘कर्मचारीको व्यवस्थापन भएको भए त्यहाँका संरचना सुरक्षित राख्न सकिने थियो । त्यहाँ खानेपानी, विद्युत लगायतको व्यवस्थापन हुन पनि जरुरी छ ।’

उनले यस वर्ष वडा कार्यालयले सो घाँटमा सरसफाई गर्न एक लाख बजेट व्यवस्थापन गरेको बताए । धनगढी उपमहानगरपालिकाको सरसफाई शाखा  प्रमुख अशोक अवस्थीले सो घाँटमा सरसफाईका लागि माग आए आफुहरुले कर्मचारी खटाउने गरेको बताए । तर, संरचना संरक्षणको पाटो आफनो क्षेत्राधिकारमा नरहेको उनको भनाई छ ।

उनले भने –‘जथाभावी फोहोर भयो भनेर गुनासो आए कर्मचारी खटाएर फोहोर उठाउने गरेका छौं । अहिलेसम्म फोहोरको गुनासो आएको छैन ।’ 

प्रतिक्रिया