Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

७ ग्राम ५९० मिलिग्रामलागु औषध (खैरो हेरोईन) सहित तीन जना पक्राउ

७ ग्राम ५९० मिलिग्रामलागु औषध (खैरो हेरोईन) सहित तीन जना पक्राउ

धनगढी– कैलालीमा लागु औषध (खैरो हिरोईन) सहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले टीकापुर नगरपालिका वडा नम्बर ०१ बनगाउँ बस्ने २३ वर्षिय शिबम थापामगर, २७ वर्षिय बिकाश चौधरी र बिज्ञान शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शिबम थापामगरले लगाएको जिन्सको पाईन्टको अगाडीको बाँया खल्तीमा सेतो प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको सात ग्राम पाँच सय ९० मिलि लागु औषध (खैरो हेरोईन) बरामद गरेको जनाएको छ ।

लागु औषध ओसार–पसार तथा विक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचना प्राप्त भएपछि प्रहरी चौकी कालाकुण्डाबाट प्रहरी नायव निरिक्षक बिशन दत्त भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला खक्रौला स्थित प्रहरी चेक पोष्ट अगाडी सडकखण्डमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आउदै गरेको थापामगर र चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

थापामगर र चौधरीमाथि प्रारम्भिक अनुसन्धान गर्दा सो लागु औषध शाहीले छ हजार नगद दिई खरिद गरी ल्याउन पठाएको जनाएको छ । शाहीको खोज तलास गर्ने क्रममा घर ठेगानामा गई फेलापारी सोधपुछ गर्दा खरिद गर्न लगाएको भन्ने व्यहोरा स्वीकार गरे पश्चात उनलाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।  
 

प्रतिक्रिया