Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

७ ग्राम ५९० मिलिग्रामलागु औषध (खैरो हेरोईन) सहित तीन जना पक्राउ

७ ग्राम ५९० मिलिग्रामलागु औषध (खैरो हेरोईन) सहित तीन जना पक्राउ

धनगढी– कैलालीमा लागु औषध (खैरो हिरोईन) सहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले टीकापुर नगरपालिका वडा नम्बर ०१ बनगाउँ बस्ने २३ वर्षिय शिबम थापामगर, २७ वर्षिय बिकाश चौधरी र बिज्ञान शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शिबम थापामगरले लगाएको जिन्सको पाईन्टको अगाडीको बाँया खल्तीमा सेतो प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको सात ग्राम पाँच सय ९० मिलि लागु औषध (खैरो हेरोईन) बरामद गरेको जनाएको छ ।

लागु औषध ओसार–पसार तथा विक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचना प्राप्त भएपछि प्रहरी चौकी कालाकुण्डाबाट प्रहरी नायव निरिक्षक बिशन दत्त भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला खक्रौला स्थित प्रहरी चेक पोष्ट अगाडी सडकखण्डमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आउदै गरेको थापामगर र चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

थापामगर र चौधरीमाथि प्रारम्भिक अनुसन्धान गर्दा सो लागु औषध शाहीले छ हजार नगद दिई खरिद गरी ल्याउन पठाएको जनाएको छ । शाहीको खोज तलास गर्ने क्रममा घर ठेगानामा गई फेलापारी सोधपुछ गर्दा खरिद गर्न लगाएको भन्ने व्यहोरा स्वीकार गरे पश्चात उनलाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।  
 

प्रतिक्रिया