ताजा अपडेट
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
                                        
                                        
दार्चुला। दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो।
रावल (मंगलबार) बिहान ११ बजे घरबाट घाँस काट्छु भनि गएकी र अवेर सम्मपनि घरमा नआउदा उनका आफन्तले खोजतलास गर्दा साउनलोटे भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसि मृत अवस्थामा फेला परेकी थिइन्।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया