Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जनताको सेवामा नेता डा .रावल मुख्यमन्त्री भन्दा धेरै अगाडि

जनताको सेवामा नेता डा .रावल मुख्यमन्त्री भन्दा धेरै अगाडि

धनगढी २९ जेठ- सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको पहलमा एक हप्ता सम्म गौरीफन्टा नाकाबाट नेपाल भित्रिने नेपालीलाई खाना खुवाईने भएको छ । सिमानामा भारतबाट र्फकने नेपालीको उद्धारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सुस्त भएका वेला प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदीयल दलका नेता रावलले आफै खानको व्यबस्थापनमा जुटेका हुन् ।

डा. रावलको आग्रहमा दिदिवहिनी महिला समुह यूकेले अर्थिक संकलन गरी एक लाख ३० हजार बराबरको खाद्यान्न सिमानामा निुशल्क खानाको व्यवस्था गरीरहेको रोयल कोलाबोरेटिभ्सका युवाहलाई हस्तान्तरण गरेको हो । उक्त समुहले कैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरुलाई हप्ता दिन सम्म खाना खुवाउने भएको छ ।

भारतबाट मजदुरी गरी आएका नेपाली नागरिकहरुले लकडाउनका कारण भोकभोकै आएपछि डा. रावलले सीमामा निशुल्क खाना व्यवस्था गरेका हुन् । प्रदेश सरकार अहिले लाचार भएको अबस्थामा बिभिन्न दाताहरुलाई सहयोगबाट नेपालीलाई सहयोग गरेको डा. राववले बताए ।

दिदिवहिनी महिला समुह यूकेले पहिलो चरणमा १ लाख ३० हजार बजेट पठाएपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रण बहादुर रावलको पहलमा खाना खुवाईदै छ । डा. रावलले दिदिवहिनी महिला समुह यूकेलाई कोरोनाको महामारी भएको समयमा युकेमा भएका दिदि वहिनीहरुले पठाएको पैसामा करिब ८ हजार नेपालि नागरिकलाई खाना खुवाउन सकिने बताए । खाना खुवाउने सहयोगमो निन्तर २४ घण्टा लकडाउन अवधिभर रोयल कोलाबोरेटिभ्सका युवाहरु लागी परेका छन् ।

डा. रावलले प्रदान गरेको खाद्यान्न सिमानामा आएका नेपालीहरुलाई गुणस्तरी भोजनको व्यबस्था गर्ने रोयल कोलाबोरेटिभ्सका संयोजक गजेन्द्र शाही गज्जुले जानकारी दिए ।

प्रतिक्रिया