Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जनताको सेवामा नेता डा .रावल मुख्यमन्त्री भन्दा धेरै अगाडि

जनताको सेवामा नेता डा .रावल मुख्यमन्त्री भन्दा धेरै अगाडि

धनगढी २९ जेठ- सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको पहलमा एक हप्ता सम्म गौरीफन्टा नाकाबाट नेपाल भित्रिने नेपालीलाई खाना खुवाईने भएको छ । सिमानामा भारतबाट र्फकने नेपालीको उद्धारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सुस्त भएका वेला प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदीयल दलका नेता रावलले आफै खानको व्यबस्थापनमा जुटेका हुन् ।

डा. रावलको आग्रहमा दिदिवहिनी महिला समुह यूकेले अर्थिक संकलन गरी एक लाख ३० हजार बराबरको खाद्यान्न सिमानामा निुशल्क खानाको व्यवस्था गरीरहेको रोयल कोलाबोरेटिभ्सका युवाहलाई हस्तान्तरण गरेको हो । उक्त समुहले कैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरुलाई हप्ता दिन सम्म खाना खुवाउने भएको छ ।

भारतबाट मजदुरी गरी आएका नेपाली नागरिकहरुले लकडाउनका कारण भोकभोकै आएपछि डा. रावलले सीमामा निशुल्क खाना व्यवस्था गरेका हुन् । प्रदेश सरकार अहिले लाचार भएको अबस्थामा बिभिन्न दाताहरुलाई सहयोगबाट नेपालीलाई सहयोग गरेको डा. राववले बताए ।

दिदिवहिनी महिला समुह यूकेले पहिलो चरणमा १ लाख ३० हजार बजेट पठाएपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रण बहादुर रावलको पहलमा खाना खुवाईदै छ । डा. रावलले दिदिवहिनी महिला समुह यूकेलाई कोरोनाको महामारी भएको समयमा युकेमा भएका दिदि वहिनीहरुले पठाएको पैसामा करिब ८ हजार नेपालि नागरिकलाई खाना खुवाउन सकिने बताए । खाना खुवाउने सहयोगमो निन्तर २४ घण्टा लकडाउन अवधिभर रोयल कोलाबोरेटिभ्सका युवाहरु लागी परेका छन् ।

डा. रावलले प्रदान गरेको खाद्यान्न सिमानामा आएका नेपालीहरुलाई गुणस्तरी भोजनको व्यबस्था गर्ने रोयल कोलाबोरेटिभ्सका संयोजक गजेन्द्र शाही गज्जुले जानकारी दिए ।

प्रतिक्रिया