Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

गाउँपालिका अध्यक्षले नै जग्गाविहीन बनाइदिएपछि दुःखी हुँदै भारत छिरे खुशीराम

गाउँपालिका अध्यक्षले नै जग्गाविहीन बनाइदिएपछि दुःखी हुँदै भारत छिरे खुशीराम

हाम्रो समाजमा शक्ति र पदको आडमा केसम्म हुन्छ ? यो खुशीराम चौधरीलाई भन्दा राम्ररी कसलाई थाहा होला र १ नागरिकको नजिकको अभिभावक मानिने जनप्रतिनिधिबाटै उनी पीडित बनेका छन् । कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीका कारण उनी भारत पलायन भएका छन् । 

अध्यक्षले जग्गा खाइदिएपछि उनी कमाउनका लागि भारत पलायन भएका हुन् । वडा नम्बर ४, भित्तेरिया बस्दै आएका खुशीराम न्याय माग्दै जिल्ला प्रशासन कार्यालय, विभिन्न पार्टी कार्यालय र मिडियाको अफिस पुगे । तर, कतैबाट न्याय नपाएपछि उनी हार खाएर भारत पसेका हुन् । खुशीरामले बुवा कल्पनाथ डंगोरा थारु बिरामी हुँदा पैसा लिएर दिएको जग्गा फिर्ता गर्न अध्यक्षले आलटाल गरिरहेका छन् । 

उनले आफ्नो जग्गा फिर्ता पाऊँ भन्दै अघिल्लो वर्षको कात्तिक ९ गते नेकपा माओवादी केन्द्र गाउँपालिका कार्यसमितिमा निवेदन दिएका थिए । निवेदनमा लेखिएको छ,‘बुवाको उपचारका लागि आफ्नो कृषि क्षेत्रको नौं वटा कित्ता राखेर २३ लाख रुपैयाँ लिएको र पैसा फिर्ता दिएपछि जग्गा फिर्ता दिने सहमति भएको थियो । सहमतिअनुसार ११ लाख ६५ हजार रुपैयाँ बुझाइसक्दा समेत जग्गा फिर्ता गर्न आलटाल गरिरहेका छन् ।’

२०७३ कात्तिक ११ गते साविकको हसुलिया गाउँ विकास समितिबाट घरबाटो प्रमाणित गराई दर्ता श्रेष्ता भएको कित्ता नम्बर ३१९, ३२१, २९९, ३७७, ३८४, ३१४, ३९३, ३९७ र ३८५ को जग्गा फिर्ता गर्ने शर्तमा उनले रकम लिएका थिए । 

अध्यक्षले जग्गा श्रीमती सबिताकुमारी चौधरीको नाममा राखेर २०७३ साउन १८ गते जग्गाधनी प्रमाणपत्र लिए । जग्गा फिर्ता गर्न माग गर्दै उनी सञ्चारकर्मीसहित गाउँपालिका पनि पुगे । यता, जिल्ला प्रशासनसमेत गुहारे । तर, कतै सुनुवाई नभएपछि उनी एकाएक सम्पर्कविहीन भएका हुन् । 

स्थानीयका अनुसार उनी रोजगारीका लागि परिवारसहित भारत गएका छन् । तर, कुन ठाउँमा छन् भन्ने जानकारी नभएको बताए । स्थानीय भन्छन्,‘उहाँले जग्गा फिर्ताका लागि धेरै कोशिस गर्नुभयो । न्यायिक समितिदेखि विभिन्न ठाउँ पुग्नुभयो । सत्ता गठबन्धनको दम्भमा अध्यक्षले उहाँलाई धम्क्याउनुभयो । केही नलागेपछि उहाँ रोजगारीका लागि भारत लाग्नुभयो ।’

यता, अध्यक्षले उनको जग्गा प्रतिकित्ता ८० हजारमा खरिद गरेको दाबी गरेका छन् । ८० हजारमा खरिद गरेको भए कूल सात लाख २० हजार रुपैयाँ मात्र हुन्थ्यो । आफूले प्रतिकित्ताको ९० हजार रुपैयाँ तिरेर लैजान आग्रह गर्दा खुशीरामले नलगेको उनको भनाइ छ । खुशीरामबाट एक रुपैयाँ पनि नलिएको अध्यक्षको एकतर्फी ठोकुवा छ । 

जग्गा आफूले खरिद गरेपनि चार कित्ता खुशीरामले नै प्रयोग गरेको अध्यक्ष बताउँछन् । खुशीरामले जिल्ला प्रशासनमा दिएको निवेदनमा भनिएको छ,‘नौ वटा कित्ता बुवाको उपचारको क्रममा फिर्ता लिने सहमतिमा रकम बुझेको थिए । तर, कित्ता नम्बर ३८० को जग्गा बिना सहमति सोही दिन राजसमझले आफ्नो श्रीमतीको नाममा दर्ता गराएका रहेछन् ।’

खुशीराम न्यायका लागि विभिन्न निकाय पुगेपछि अध्यक्षले पछि हट्न दबाब दिएको स्थानीय बताउँछन् । यता, वडा नम्बर ४ का वडाध्यक्ष ठागुराम चौधरीले जग्गासम्बन्धी विवादको विषयमा वडामा पनि निवेदन आएको बताए । तर, वडाले जग्गा विवाद नहेर्ने भएकाले न्यायिक समितिमा पठाएको बताए । 

न्यायिक समितिकी उपाध्यक्ष भगवतीकुमारी चौधरी स्वयम् नेपाली काँग्रेसकी भएकीले उनले पनि सो विषयमा चासो दिइनन् । नेकपा माओवादी केन्द्रका नेता तथा स्थानीय अंकित चौधरी यो विषयमा बोल्न चाहेनन् । तत्कालीन समयमा सत्ता गठबन्धन भएकाले उनी अध्यक्षकै पक्षमा रहेको देखिन्छ ।

प्रतिक्रिया