Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

धनगढी नगर प्रमुख हमाललाई मस्तिकघात

धनगढी नगर प्रमुख हमाललाई मस्तिकघात

धनगढी — धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल मस्तिकघात देखिएपछि अस्पताल भर्ना भएका छन् ।

धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका नगर प्रमुखको स्वास्थ्यमा सुधार नभएपछि भारत रिफर गरिएको हो ।

उनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि शनिबार भारतको दिल्ली लगिएको छ । 

नगर प्रमुख हमालको उपचारमा संलग्न मायामेट्रो अस्पतालका डा. हरि पौडेलका अनुसार उनलाई दिमागको पक्षघात भएको छ । ‘उहाँको स्वास्थ्य अवस्था स्थिर छ । धनगढीमा सबै प्रकारले उपचारको सुविधा नभएकोले रेफर गरेका हौं,’ डा. पौडेलले भने । हमाल केही दिनयता अस्वस्थ थिए । अस्वस्थता बढेपछि हमाललाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।

हमालको सचिवालयका अनुसार उनलाई शुक्रबार रिङटा लागेको थियो । सचिवालयका प्रतिनिधिले भने ‘पहिलादेखि नै उपचार गराइरहेको दिल्लीस्थित म्याक्स अस्पतालमा लगिएको छ ।’ यसअघि उनी कानको बिरामी थिए । हमालको उपचार तथा रेखदेखका लागि छोरा आयुष र भाइ साथमा गएका छन् ।
 

प्रतिक्रिया

ट्रेन्डिङ