Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धनगढी नगर प्रमुख हमाललाई मस्तिकघात

धनगढी नगर प्रमुख हमाललाई मस्तिकघात

धनगढी — धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल मस्तिकघात देखिएपछि अस्पताल भर्ना भएका छन् ।

धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका नगर प्रमुखको स्वास्थ्यमा सुधार नभएपछि भारत रिफर गरिएको हो ।

उनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि शनिबार भारतको दिल्ली लगिएको छ । 

नगर प्रमुख हमालको उपचारमा संलग्न मायामेट्रो अस्पतालका डा. हरि पौडेलका अनुसार उनलाई दिमागको पक्षघात भएको छ । ‘उहाँको स्वास्थ्य अवस्था स्थिर छ । धनगढीमा सबै प्रकारले उपचारको सुविधा नभएकोले रेफर गरेका हौं,’ डा. पौडेलले भने । हमाल केही दिनयता अस्वस्थ थिए । अस्वस्थता बढेपछि हमाललाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।

हमालको सचिवालयका अनुसार उनलाई शुक्रबार रिङटा लागेको थियो । सचिवालयका प्रतिनिधिले भने ‘पहिलादेखि नै उपचार गराइरहेको दिल्लीस्थित म्याक्स अस्पतालमा लगिएको छ ।’ यसअघि उनी कानको बिरामी थिए । हमालको उपचार तथा रेखदेखका लागि छोरा आयुष र भाइ साथमा गएका छन् ।
 

प्रतिक्रिया