Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिमलाई चितवनको झट्का

सुदूरपश्चिमलाई चितवनको झट्का

काठमाडौँ —सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो पराजय भोगेको छ । पहिलो तीन खेल जितेको सुदूरपश्चिमलाई आइतबार चितवन राइनोजले ३३ रनले पराजित गर्‍यो । १ सय ६५ रनको लक्ष्य लिएर मैदान उत्रिएको सुदूरपश्चिम १ सय ३१ रनमै समेटियो ।

चितवनले ४ खेलमा तेस्रो विजय हात पारेको हो । सुदूरपश्चिम र चितवन समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । जनकपुर बोल्ट्स पहिलो चारै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ ।

इशान पाण्डेले सुदूरपश्चिमबाट सर्वाधिक ३५ रन बनाए । उनले २८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । सैफ जैब १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्वा १२, आरिफ शेख ४, कप्तान दीपेन्द्रसिंह ऐरी १, नरेश बुढाऐर ५, नरेन साउद १० रनमा आउट भए ।

आउट हुने अन्तिम खेलाडी स्कट कुग्लेनले १० बलमा ३ चौकासहित १६ रन बनाए । चितवनबाट रिजन ढकाल, कुशल मल्ल, यान निकोलस लफ्टी इटन र अमरसिंह रौउटेलाले २–२ तथा सोहेल तनवीर र रन्जीत कुमारले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ६४ रन बनाएको थियो । ओपनर हसन इसाखिलले चितवनबाट सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे । पहिलो पटक ओपनरको भूमिकामा पठाइएका सन्तोष कार्कीले ९ रनमात्र बनाउन सकेका थिए । विपिन रावल २० बलमा १७, कुशल १६ बलमा १३ रन बनाई आउट भए ।

भेट्रान इंग्लिस ब्याटर रवि बोपारा १८ बलमा समान २ चौका र छक्का प्रहार गरी ३६ रनमा आउट भए । रौटेला ३ बलमा ६ र लफ्टी इटन ४ बलमा २ रन बनाई अविजित रहे । सुदूरपश्चिमबाट कुग्लेनले २ विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चेका थिए । दीपेन्द्र, म्याकमुलेन र जैबले १–१ विकेट लिए ।

प्रतिक्रिया

ट्रेन्डिङ