ताजा अपडेट
‘छोराले मोवाइल चलाएर बस्दा ६ जनाको परिवार बाँच्यौ’
मंगलवार राती निकै ठुलो पानी परिरहेको थियो । मीनबहादुर सुनारको परिवार खाना खाएर सुतिसकेका थिए । पसल र बस्नका लागी टिनको छानो बनाईएका थियो । मुसलधारे पानी परेकाले टिनमा असिना परेको जस्तै आवाज आईरहेको थियो । मीनबहादुरको माईलो छोरा रोशन बाहेक सबै सुतिसकेका थिए । मीनबहादुर सैनीबजारमा बिगत दश बर्षदेखि सुनचादी व्यवसाय गर्छन् ।मीनबहादुरको ६ जनाको परिवार त्यही थियो । रोशन नसुतेर मोबाइल चलाएर बसेका थिए। रोशन नसुतेका कारणले मीनबहादुरको ६ जानको परिवारको ज्यान जोगिएको छ ।
छिमेकी धनादेबी साउदको होटलमा पानी पसेको हल्ला रोशनले सुनेपछि सुतिरहेका सबैलाई हतार हतार उठाए। उनले भने ‘हामी सबै सुतिसकेका थियौँ, छिमेकीको पसलमा पानी पसेपछि भएको हल्ला सुनेर छोरो करायो ‘हत्तपत्त ब्यूझिँदा त आफ्नो पसलमा पनि दुई फिट जति पानी पुगिसकेको थियो, शरिरमा लगाएका लुगा समेत ल्याउन पाएनौ ।’ पानी पसेको हल्ला गर्ने धना देबीसहित दुई परिवारका सात जनाले समेत त्यहीँ गएरमा गएर ज्यान जोगाएका छन्।मीनबहादुर छिमेकीले दिएको एकसरो लुगासहित ६ जनाको परिवार बोकेर बुधबार राती १ बजे रित्तो हात बान्नीगढी जयगढ गाउँपालिका–२ जनालीकोट फर्किएका छन ।
मीनबहादुरले भने ‘हल्लाखल्ला सुन्नासाथै सबै भागेर ज्यान जोगायौ, पसलमा रहेको नगद, गरगहना र अरु सामान सबै बगे पनि भाग्यले सपरिवारको ज्यान जोगियो।’ मुसलधारे पानी परिरहेका बेला पसलभन्दा केहीमाथि पुगेर ज्यान जोगाएको उनले बताए। मंगलबार राति कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनीबजार बगाएको छ । अहिले कैलाश सैनीबजार रहेको ठाउँमा कैलाश खोला बगेको छ । बाढीले स्थानीय नन्दसिंह साउदको सात जनाको परिवार पुरै बगेको छ। नन्दबहादुर सहित पत्नी गंगा,बुहारी कविता साउद, छोरा नविन, रुपेश, नातिनी प्राप्ति, र उनकी सासुआमा (नाम नखुलेको)लाई बाढीले बगाएको छ । यसैगरी अम्मर शाह,शाहकी पत्नी पबित्रा,छोरा समिरलाई पनी बाढीले बगाएको हो । चन्द्र साउद,साउदकी पत्नी बसु साउद,अन्य स्थानीयहरुमा गौरी शाह,सम्झना शाह,जोगा साउद,लालसरा शाही र उनका छोरा बसन्त रहेका छन् । बाढीले बगाएका मध्ये ६ जनाको शव बुधबार दिउँसो फेला परेको छ,भने १ जनाको शब शनिबार फेला परेको छ । बुधबार दिउँसो सैनीबजारका १५ वर्षीया नवीन साउद, ३२ वर्षीया गौरी शाह, ५४ वर्षीया चन्द्र साउँद,४५ बर्षिया अम्मर शाह,४५ बर्षिया लालसरा शाही,२२ वर्षिया बबिता बुढाको शब फेला परेको हो र शनिबार नन्दु साउदका छोरा १९ बर्षिया रपेश साँउदको शब फेला परेको हो नबिनको बुधवार नै कैलाश खोलामा दाहसंस्कार गरिएको स्थानीय लोकबहादुर शाहले बताए । उनले भने ‘अहिले २४ घरपरिवार खुल्ला आकाश मुनी बसिरहेका छन्,राहतको पर्खाइमा ।’१० जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र, २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा अनि सेरीमा र शनिबार १ जनको शब रामारोशन गाँउपालिका वडा नं. ५ र ६ जोड्ले झोलुंगे पुलमा भेटिएको हो । अहिले पनी खोजी कार्य जारी रहेको उनले बताए । बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया