Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कैलालीका विभिन्न स्थानबाट छ लाख बढी सामान बरामद, व्यक्ति फरार, प्रहरी भन्छ– ‘अबैध सामान’

कैलालीका विभिन्न स्थानबाट छ लाख बढी सामान बरामद, व्यक्ति फरार, प्रहरी भन्छ– ‘अबैध सामान’

धनगढी– कैलाली जिल्ला प्रहरी कार्यालयले धनगढीको मुख्य बजार ट्राफिक चौराहबाट बुधबार अबैध सामान बरामद गरेको छ । तर, व्यक्ति पक्राउ गर्न सकेन् ।

भारतीय नाकाबाट भित्र्याईएको अबैध सामान चौराहमा फेला परेको बताएको प्रहरीले भित्र्याउने व्यक्तिलाई सुरक्षित राखेको हो ।

बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी छ लाख १९ हजार तीन सय मुल्य बराबरको अबैध मालसामानहरु वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भईरहेको छ ।  

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको कमाण्डमा खटिएको टोलीले धनगढी उप–महानगरपालिका वडा नं. ०२ चौराहबाट अन्दाजी मुल्य पाँच लाख ७० हजार बराबरको  ११ थान आइफोन मोबाईल बरामद गरेको छ । तर सो भित्र्याउने व्यक्तिलाई संरक्षण गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाईकल गस्ती टोलीले सोही वडाबाट आठ हजार बराबरको साडीमा लगाउने मालाहरु र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले कैलारी गाउँपालिका वडा नं. ०४ हनुमान मन्दिरबाट अन्दाजी ४१ हजार तीन सय सुर्ति र चकलेट बरामद गरेको जनाएको छ ।

अबैध सामान भारतबाट भित्र्याएको भन्ने प्रहरीले सो समुहलाई पक्राउ गर्न नसक्नुमा प्रहरीकै मिलेमतो देखिएको स्थानीयहरु बताउँछन् । स्थानीयका अनुसार घरकै लागि सामान ल्याउँदा समेत प्रहरीले विभिन्न दुख दिने गरेको छ ।
 

प्रतिक्रिया

ट्रेन्डिङ