Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलालीका विभिन्न स्थानबाट छ लाख बढी सामान बरामद, व्यक्ति फरार, प्रहरी भन्छ– ‘अबैध सामान’

कैलालीका विभिन्न स्थानबाट छ लाख बढी सामान बरामद, व्यक्ति फरार, प्रहरी भन्छ– ‘अबैध सामान’

धनगढी– कैलाली जिल्ला प्रहरी कार्यालयले धनगढीको मुख्य बजार ट्राफिक चौराहबाट बुधबार अबैध सामान बरामद गरेको छ । तर, व्यक्ति पक्राउ गर्न सकेन् ।

भारतीय नाकाबाट भित्र्याईएको अबैध सामान चौराहमा फेला परेको बताएको प्रहरीले भित्र्याउने व्यक्तिलाई सुरक्षित राखेको हो ।

बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी छ लाख १९ हजार तीन सय मुल्य बराबरको अबैध मालसामानहरु वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भईरहेको छ ।  

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको कमाण्डमा खटिएको टोलीले धनगढी उप–महानगरपालिका वडा नं. ०२ चौराहबाट अन्दाजी मुल्य पाँच लाख ७० हजार बराबरको  ११ थान आइफोन मोबाईल बरामद गरेको छ । तर सो भित्र्याउने व्यक्तिलाई संरक्षण गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाईकल गस्ती टोलीले सोही वडाबाट आठ हजार बराबरको साडीमा लगाउने मालाहरु र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले कैलारी गाउँपालिका वडा नं. ०४ हनुमान मन्दिरबाट अन्दाजी ४१ हजार तीन सय सुर्ति र चकलेट बरामद गरेको जनाएको छ ।

अबैध सामान भारतबाट भित्र्याएको भन्ने प्रहरीले सो समुहलाई पक्राउ गर्न नसक्नुमा प्रहरीकै मिलेमतो देखिएको स्थानीयहरु बताउँछन् । स्थानीयका अनुसार घरकै लागि सामान ल्याउँदा समेत प्रहरीले विभिन्न दुख दिने गरेको छ ।
 

प्रतिक्रिया

ट्रेन्डिङ