ताजा अपडेट
पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व
नेपाल पत्रकार महासंघले सात दशक लामो इतिहासमा पहिलोपटक महिलाको नेतृत्व पाउने पक्का भएको छ । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट निर्मला शर्मा अध्यक्ष बन्ने सुनिश्चित भएको हो ।
शर्मासँगै अध्यक्षका लागि रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामा प्रतिस्पर्धामा थिए । शर्माका निकटतम प्रतिद्वन्द्वी विष्टले प्रेस युनियनबाट विद्रोह गरेर प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतको समर्थनमा उम्मेदवारी दिएका थिए ।
महासंघ निर्वाचन केन्द्रीय समितिका अनुसार शनिबार राति ११:३० सम्मको परिणाममा शर्माले चार हजार २१७ मत ल्याएकी छिन् भने विष्टले तीन हजार १११ मत ल्याएका छन् । यतिवेलासम्म सिराहाको मतगणना बाँकी थियो । तर, शर्माले लिएको अग्रता गणना हुन बाँकी मतभन्दा धेरै छ ।
समिति संयोजक चिरञ्जीवी खनालले भने, ‘अन्तिम नतिजा घोषणा हुन समय लाग्छ । आइतबार बिहानसम्म सबै ठाउँबाट परिणाम संकलन गरिएपछि औपचारिक घोषणा हुन्छ ।’
त्यस्तै, शर्मा प्यानलकै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नीतु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले पनि जित्ने लगभग निश्चितजस्तै भएको छ । कोषाध्यक्षमा भने झिनो मतले विष्ट प्यानलबाट प्रेस सेन्टरका रामकृष्ण अधिकारीको अग्रता छ । अन्तिम मतपरिणाम भने आइतबार मात्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया