Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व

नेपाल पत्रकार महासंघले सात दशक लामो इतिहासमा पहिलोपटक महिलाको नेतृत्व पाउने पक्का भएको छ । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट निर्मला शर्मा अध्यक्ष बन्ने सुनिश्चित भएको हो ।

शर्मासँगै अध्यक्षका लागि रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामा प्रतिस्पर्धामा थिए । शर्माका निकटतम प्रतिद्वन्द्वी विष्टले प्रेस युनियनबाट विद्रोह गरेर प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतको समर्थनमा उम्मेदवारी दिएका थिए । 

महासंघ निर्वाचन केन्द्रीय समितिका अनुसार शनिबार राति ११:३० सम्मको परिणाममा शर्माले चार हजार २१७ मत ल्याएकी छिन् भने विष्टले तीन हजार १११ मत ल्याएका छन् । यतिवेलासम्म सिराहाको मतगणना बाँकी थियो । तर, शर्माले लिएको अग्रता गणना हुन बाँकी मतभन्दा धेरै छ ।

समिति संयोजक चिरञ्जीवी खनालले भने, ‘अन्तिम नतिजा घोषणा हुन समय लाग्छ । आइतबार बिहानसम्म सबै ठाउँबाट परिणाम संकलन गरिएपछि औपचारिक घोषणा हुन्छ ।’

त्यस्तै, शर्मा प्यानलकै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नीतु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले पनि जित्ने लगभग निश्चितजस्तै भएको छ । कोषाध्यक्षमा भने झिनो मतले विष्ट प्यानलबाट प्रेस सेन्टरका रामकृष्ण अधिकारीको अग्रता छ । अन्तिम मतपरिणाम भने आइतबार मात्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी छ ।

प्रतिक्रिया

ट्रेन्डिङ