ताजा अपडेट
काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको निधन
                                        
                                        काठमाडौं- काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।
पूर्वमन्त्रीसमेत रहनुभएका पूर्वमेयर सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । गत वर्ष उहाँको पेटको शल्यक्रिया गरिएको थियो ।
बिसं २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तात्कालीन काठमाडौं नगरपालिकाको मेयर बन्नुभएका सिंह पछिल्लो समय गणेशमान सिंहका छोरा एवं वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आउनु भएको थियो । उहाँको निधन पनि प्रकाशमानको निवासमै भएको हो ।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया