Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयलल्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।

दुई टोलीबीच अहिले बिहान ९ बजे प्रतिस्पर्धा सुरु हुनेछ।

लिग चरणको अन्तिम खेल सकिएपछि जारी पहिलो संस्करणको एनपीएलका शीर्ष चार टोलीको टुंगो लाग्नेछ भने बाँकी चार टोली लिगबाट बाहिरिनेछन्। 

प्लेअफका लागि सुदूरपश्चिम र जनकपुर यसअघि नै छनोट भइसकेका छन्। तर आजको अन्तिम खेलको नतिजाले तीन टोलीको स्थान तय हुनेछ। 

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली मात्र हैन, जनकपुर र काठमान्डु गुखार्जको पनि नजर हुनेछ।

किनकि कर्णालीले जिते जनकपुरको सिधै क्वालिफायर्स खेल्ने सम्भावनामा धक्का पुग्ने छ भने काठमान्डु लिग चरणबाटै बाहिरिनेछ।

आजको खेलमा विजयी भए कर्णाली पनि क्वालिफायर पुग्ने सम्भावना समेत छ भने नभए प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

त्यसैले आज कर्णाली सुदूरपश्चिमलाई जित्नैपर्ने दबाबमा हुनेछ। 

नेटरनरेटमा अहिले पछि रहेको कर्णाली आवश्यक नेट रनरेट नभए तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्नेछ। 

हार भएको अवस्थामा पनि कर्णालीलाई नेटरनरेटकै महत्त्व हुनेछ।

आजको खेलमा कर्णाली फराकिलो अन्तरले हारे लिगबाट बाहिरिने छ भने काठमान्डु प्लेअफमा पुग्ने समीकरण बन्ने छ। 

नेटरनरेटमा काठमान्डु र कर्णालीभन्दा चितवन अगाडि छ। त्यसैले यो नतिजाले चितवनलाई भने केही फरक पर्ने छैन।

समान अंक भए पनि चितवन ढुक्क छ।

सुदूरपश्चिम भने आजको खेलमा कर्णालीलाई हराउँदै पहिलो क्वालिफायर खेल्न चाहन्छ। हारे पनि क्वालिफायर खेल्ने सम्भावना सुदूरपश्चिमको बलियो छ। 

एनपीएलको प्लेअफमा पुग्ने शीर्ष दुई टोलीले पहिलो क्वालिफायर्स खेल्नेछन्।

सो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। हार्ने टोलीले भने दोस्रो क्वालिफायर्स खेल्नेछ। 

तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्। यो खेलको विजेताले पहिलो क्वालिफायर्समा पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नेछ। 

लिग चरणबाट लुम्बिनी लायन्स, विराटनगर किंग्स र पोखरा एभेन्जर्स बाहिरिसकेका छन्। 

प्रतिक्रिया