Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयलल्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।

दुई टोलीबीच अहिले बिहान ९ बजे प्रतिस्पर्धा सुरु हुनेछ।

लिग चरणको अन्तिम खेल सकिएपछि जारी पहिलो संस्करणको एनपीएलका शीर्ष चार टोलीको टुंगो लाग्नेछ भने बाँकी चार टोली लिगबाट बाहिरिनेछन्। 

प्लेअफका लागि सुदूरपश्चिम र जनकपुर यसअघि नै छनोट भइसकेका छन्। तर आजको अन्तिम खेलको नतिजाले तीन टोलीको स्थान तय हुनेछ। 

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली मात्र हैन, जनकपुर र काठमान्डु गुखार्जको पनि नजर हुनेछ।

किनकि कर्णालीले जिते जनकपुरको सिधै क्वालिफायर्स खेल्ने सम्भावनामा धक्का पुग्ने छ भने काठमान्डु लिग चरणबाटै बाहिरिनेछ।

आजको खेलमा विजयी भए कर्णाली पनि क्वालिफायर पुग्ने सम्भावना समेत छ भने नभए प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

त्यसैले आज कर्णाली सुदूरपश्चिमलाई जित्नैपर्ने दबाबमा हुनेछ। 

नेटरनरेटमा अहिले पछि रहेको कर्णाली आवश्यक नेट रनरेट नभए तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्नेछ। 

हार भएको अवस्थामा पनि कर्णालीलाई नेटरनरेटकै महत्त्व हुनेछ।

आजको खेलमा कर्णाली फराकिलो अन्तरले हारे लिगबाट बाहिरिने छ भने काठमान्डु प्लेअफमा पुग्ने समीकरण बन्ने छ। 

नेटरनरेटमा काठमान्डु र कर्णालीभन्दा चितवन अगाडि छ। त्यसैले यो नतिजाले चितवनलाई भने केही फरक पर्ने छैन।

समान अंक भए पनि चितवन ढुक्क छ।

सुदूरपश्चिम भने आजको खेलमा कर्णालीलाई हराउँदै पहिलो क्वालिफायर खेल्न चाहन्छ। हारे पनि क्वालिफायर खेल्ने सम्भावना सुदूरपश्चिमको बलियो छ। 

एनपीएलको प्लेअफमा पुग्ने शीर्ष दुई टोलीले पहिलो क्वालिफायर्स खेल्नेछन्।

सो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। हार्ने टोलीले भने दोस्रो क्वालिफायर्स खेल्नेछ। 

तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्। यो खेलको विजेताले पहिलो क्वालिफायर्समा पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नेछ। 

लिग चरणबाट लुम्बिनी लायन्स, विराटनगर किंग्स र पोखरा एभेन्जर्स बाहिरिसकेका छन्। 

प्रतिक्रिया