Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा ४ पालिकाका अति जोखिममा रहेका घर परिवार र एकल महिलालाई बाख्रा वितरण

अछाममा ४ पालिकाका अति जोखिममा रहेका घर परिवार र एकल महिलालाई बाख्रा वितरण

अछाम : जिल्लाका चार वटा पालिकाका अति जोखिममा रहेका घरपरिवार र एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ।

वल्र्ड भिजन र वाक नेपालको साझेदारीमा सञ्चालित एकृकित उत्थानशील जिवीकोपार्जन तथा पोषण परियोजना अन्तर्गत आईतबार मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा एक औपचारिक कार्यक्रमका विच बाख्रा वितरण गरिएको हो।

वडा कार्यलयका सिफारीसमा मेल्लेख गाउँपालिकाका ८ वटै वडाका ९ जना र साँफेबगर नगरपालिकाका ४ मष्टामान्डौँका एक जना गररे १० जनालाई जम्मा ३ लाख ६७ हजार ९ सय २० मुल्यका ३५ वटा (१ हजार ८ कि.लो)का बाख्रा वितरण गरिएको छ ।

बालबालिकाको पोषणमा सुधार गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको वाक नेपालका अध्यक्ष कुँवरले जानकारी दिए । साथै एक वर्षको लागी गोठालो र बाख्राको विमा पनि गरिएको उनको भनाई रहेको छ ।

वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अथिति मेल्लेख गाउँपालिका ७ नन्देगडाका वडा अध्यक्ष प्रेम महर रहेका थिए ।

कार्यक्रमका प्रमुख अथिति अध्यक्ष प्रेम महरले समुदायमा पछाडी परेका वर्गको जिविको पार्जन र पोषणको क्षेत्रमा विगत देखिनै संस्थाले राम्रो काम गरिरहेको भन्दै खुसि व्यक्त गरे । साथै उनले वाक नेपालले समाजमा सञ्चालन गरेका हरेक सकारात्मक काममा आफनो व्यक्तिगत र वडाको तर्फबाट सधै सहयोग रहने प्रतिवद्धाता व्यक्त गरे ।

बाख्रा पाउनु भएका जोखिममा रहेका घरपरिवार र एकल महिलाहरुले संस्थाको यो सहयोग जिवनयापनमा राहत पुग्ने भन्दै संस्थालाई धन्यवाद दिएका छन् । आफुहरुलाई यस्ता किसिमका सहयोग र तालिमको खाचो रहने भएका यसमा स्थानिय सरकार ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा वाक नेपालका अनुगमन संयोजक जगत रावल, परियोजना अधिकृत निरन्जना पनेरु लगाएतको सहभागीता रहेको थियो । यसै परियोजना अन्तर्गत सोमबार विनायक पन्ञ्चदेवल नगरपालिका र कमलबजार नगरपालिकाका पनि बाख्रा वितरण गरिएको छ ।

विनायक पन्ञ्चदेवल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृप धामीको अध्यक्षतामा सञ्चालन भएको बाख्रा वितरण कार्यक्रमका प्रमुख अथिति वाक नेपालका कार्य समिति सदस्य उषा शाह रहेकी थिइन् ।

कमलबजार नगरपालिकाका २, ३, ४ र ५ नम्बर वडाका ४ जना र विनायकका १,२,३,४,६ र ७ नम्बर वडाका ६ जना गरेर जम्मा १० जनालाई ३ लाख ७९ हजार ५ सय ९रुपँयाका (१ हजार १२ कि.लो) का ३४ वटा बाख्रा वितरण गरिएको वाक नेपालका अनुगमन संयोजक जगत रावलले जानकारी दिए ।

प्रतिक्रिया