Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाल प्रिमियर लिग २०२४ : समूह चरणका उत्कृष्ट दुई टिम आमनेसामने

नेपाल प्रिमियर लिग २०२४ : समूह चरणका उत्कृष्ट दुई टिम आमनेसामने

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार प्लेअफ र इलिमिनेटर खेल हुँदै छन् । फाइनल प्रवेशका लागि हुने पहिलो प्लेअफमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एकआपसमा प्रतिस्पर्धा गर्दै छन् । इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध खेल्नेछ । प्लेअफको विजेता सीधै फाइनलमा पुग्नेछ । इलिमिनेटरको विजेताले प्लेअफको पराजितसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । प्लेअफमा पराजित टोलीलाई अन्तिम दुई स्थान बनाउन दोस्रोपटक मौका प्राप्त हुनेछ । आठ फ्रेन्चाइज सहभागीमा सुदूरपश्चिम सर्वाधिक १२ अंकका साथ शीर्ष स्थानमा रह्यो । १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा सीमित भयो । चितवन र कर्णालीले समान सात खेलबाट आठ अंक बनाए । रनरेटका आधारमा चितवन तेस्रो र कर्णाली चौथो भएका हुन् ।

सुदूरपश्चिमविरुद्ध जनकपुर 
सुदूरपश्चिमले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्याटिङ र बलिङमा एकनाशको प्रदर्शन हुँदा सुदूरपश्चिमले लगातार तीन खेल जितेको थियो । सुदूरपश्चिम चितवनसँग मात्र पराजित भएको थियो । दीपेन्द्रसिंह ऐरी मार्की र कप्तान रहेको सुदूरपश्चिमलाई प्लेअफसम्म पुर्‍याउन स्वदेशी मात्र नभएर विदेशी खेलाडीको प्रदर्शन पनि उत्तिकै सानदार रह्यो । इंग्ल्यान्डका सेफअली जैव र न्युजिल्यान्डका बलर स्कट कुगेलेइनले विपक्षी ब्याट्सम्यानमाथि दबाब राखेका छन् । सुदूरपश्चिमले जनकपुरविरुद्धको जित लय कायम राख्न योजना बनाएको छ । ‘हामी जितको निरन्तरताका साथ फाइनल पुग्छौँ,’ कर्णालीलाई हराएपछि कप्तान दीपेन्द्रसिंहले भनेका थिए, ‘अहिलेसम्म सबै राम्रो भइरहेको छ र प्लेअफमा गल्ती गर्न हुन्न ।’ सुरुका चार खेल जित्दै सनसनी मच्चाएको जनकपुरले त्यसपछि मिश्रित नतिजा निकाल्यो । अन्तिम तीनमध्ये दुई खेल जनकपुरले गुमायो । ब्याटिङ र बलिङ बलियो देखिएको जनकपुर अन्तिम तीन खेलमा कमजोर देखियो । सुदूरपश्चिमसँग एनपिएलकै कम योगफलमा जनकपुर समेटिँदा कमजोर ब्याटिङ प्रदर्शन भयो । जनकपुरले प्लेअफमा सुदूरपश्चिमविरुद्ध समूह चरणमा हारको बदला लिने उद्देश्यका साथ प्रतिस्पर्धा गर्ने योजना बनाएको छ । यसमा विदेशी र नेपाली खेलाडीले पुनः एकपटक उत्कृष्ट प्रदर्शनको अपेक्षा टोलीले राखेको छ । 

चितवनविरुद्ध कर्णाली
चितवनलाई पहिलो संस्करणमा अन्य नतिजाले पनि साथ दियो । प्लेअफसम्मको यात्रामा चितवनको प्रदर्शन उतारचढाव भइरह्यो । सुरुमा लगातार दुई खेल जितेको चितवनले खर्चिलो फ्रेन्चाइज टोलीलाई खबरदारी दिएको थियो । इलिमिनेटरमा चितवनले जितकै लागि प्रयास गर्नेछ । कर्णालीविरुद्धको खेलमा पराजित हुँदा प्रतियोगिताबाटै बाहिरिनेछ । यद्यपि, कर्णालीलाई पनि यही डर छ । चितवनले पाकिस्तानका विश्व च्याम्पियन बलर सोहेल तनविर अनुबन्ध गरी बलिङ पक्ष बलियो बनाएको छ । एक किसिमले यस टोलीको बलियो पक्ष नै बलिङ आक्रमण हो । नेपालका रिजन ढकालले १३ विकेट लिइसकेका छन् । उनी पनि सर्वाधिक विकेट लिने बलरको दौडमा छन् । इंग्ल्यान्डबाट टेस्ट र एकदिवसीय खेलेका रवि बोपारा र कप्तान कुशल मल्ल फर्ममा आउनु चितवनका लागि सुखद पक्ष हो । कर्णालीले प्लेअफ स्थान बनाउन समूह चरणकै अन्तिम खेलको नतिजा प्रतीक्षा गरेको थियो । सुदूरपश्चिमले १२.२ ओभरमा लक्ष्य पूरा गरेको भए चितवनविरुद्ध काठमाडौंले मौका पाउने थियो । तर, सुदूरपश्चिमले दिइएको ओभरमा जित निकाल्दा कर्णाली रनरेटमा शीर्ष चारमा पुगेको हो । कर्णालीले भारतीय पूर्वओपनर शिखर धवनलाई भित्र्याउँदै सनसनी मच्चाएको थियो । कप्तान सोमपाल कामी, ओपनर देव खनाल र अलराउन्डर गुल्सन झाले समूह चरणमा गतिलो प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया