ताजा अपडेट
भक्तपुरमा ६३ वर्षका बुवाले चक्कु प्रहार गर्दा ३१ वर्षीय छोराको मृत्यु
भक्तपुरमा एक व्यक्तिले चक्कु प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्।
गएराति सवा १० बजे भक्तपुर नगरपालिका-२ स्थित सहिद स्मृति खेल मैदान नजिकै उक्त घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।
अछामको कमलनगर नगरपालिका-६ हात्तीबाच घर भइ हाल भक्तपुर बस्दै आएका ६३ वर्षीय दीपबहादुर शाहीले चक्कुले हानेर आफ्नै ३१ वर्षीय छोरा नरेन्द्र शाहीको हत्या गरेका हुन्।
घरायसी विवादमा बुवाले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारको लागि राति नै भक्तपुर अस्पताल लगिएको थियो।
उपचारको क्रममा राति पौने १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनको शव पोष्मार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ।
घटना लगत्तै मृतकका बुबा दिपबहादुरलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी नेउपानेले बताए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया