Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

भक्तपुरमा ६३ वर्षका बुवाले चक्कु प्रहार गर्दा ३१ वर्षीय छोराको मृत्यु

भक्तपुरमा ६३ वर्षका बुवाले चक्कु प्रहार गर्दा ३१ वर्षीय छोराको मृत्यु

भक्तपुरमा एक व्यक्तिले चक्कु प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्।  

गएराति सवा १० बजे भक्तपुर नगरपालिका-२ स्थित सहिद स्मृति खेल मैदान नजिकै उक्त घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।

अछामको कमलनगर नगरपालिका-६ हात्तीबाच घर भइ हाल भक्तपुर बस्दै आएका ६३ वर्षीय दीपबहादुर शाहीले चक्कुले हानेर आफ्नै ३१ वर्षीय छोरा नरेन्द्र शाहीको हत्या गरेका हुन्। 

घरायसी विवादमा बुवाले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारको लागि राति नै भक्तपुर अस्पताल लगिएको थियो। 

उपचारको क्रममा राति पौने  १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनको शव पोष्मार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ।

घटना लगत्तै मृतकका बुबा दिपबहादुरलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी नेउपानेले बताए। 

प्रतिक्रिया

ट्रेन्डिङ