ताजा अपडेट
धनगढीमा लागूऔषधसहित समातिए चार जना
धनगढी । कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट सोही ठाउँ बस्ने २७ वर्षीय भक्तु राना पक्राउ परेका छन् । रानालाई ८६० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
धनगढी–२ को पुरानो भन्सार नजिकबाट चुरे गाउँपालिका–३ सहजपुर बस्ने २१ वर्षीय संदिप परियार पक्राउ परेका छन् । परियारलाई १३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
यस्तै धनगढी उपमहानगरपालिका–१३ जनता राष्ट्रिय माध्यमिक विद्यालय नजिक जंगलबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २९ वर्षीय सुशान्त सिंह बिष्ट र २९ वर्षकै संजय भट्ट पक्राउ परेका छन् । उनीहरुलाई ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया