ताजा अपडेट
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजनीतिक सल्लाहकारमा डा. जितेन्द्र उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री शाहले आजदेखि लागु हुने गरी उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ को दफा ३ को उपदफा १ (क) बमोजिम उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री शाहले बताएका छन् ।
कैलालीको टीकापुर नगरपालिका–१, घर भएका उपाध्याय हाल क्यानडा बस्दै आएका छन् । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालका अनुसार ‘फुड साइन्स’ मा विद्यावारिधि गरेका उपाध्याय क्यानडामा प्राध्यापनमा संलग्न थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया