Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरे, अमेरिका लैजान्छु भन्थे बुडरमा पक्राउ परे

नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरे, अमेरिका लैजान्छु भन्थे बुडरमा पक्राउ परे

कैलाली । कञ्चनपुरमा नक्कली अभिभावक बनाएर बहुविवाह गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका ४ का विष्णु प्रसाद माली र उनीसँगै घटनाका मतियार बेदकोट नगरपालिका २ का जनक बहादुर धामी पक्राउ परेका छन् ।

मालीले विवाह गर्ने तयारी गरेको किशोरीको पक्षलाई धामीले ‘केटो मेरो सालो हो निकै राम्रो छ’ भन्दै उच्काएका थिए । धामीको कुरा सुन्दै मालीसँग विवाह गराउन केटी पक्ष पनि राजी भए । तर, विवाह भएको तेस्रो दिन नै मालीले नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरेको पुष्टि भयो ।

कसरी ढाँटे मालीले ?

डडेल्धुराका माली र कञ्चनपुरकी युवतीसँग सामाजिक सञ्जाल मार्फत नजिकिएका थिए । सबै भन्दा पहिले उनले युवतीलाई आफू अविवाहित रहेको, इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै फकाए । मालीले बुवा आमासहितका अन्य परिवारका सदस्य पनि नक्कली खडा गरे ।

उनीहरुले पनि मालीले भने झै गरे । केही महिनापछि युवती विवाह गर्न राजी भइन् । २२ गते कञ्चनपुरको चेतन होटेलमा उनीहरुको विवाह भयो । ‘मेरो काकाको स्वास्थ्य अवस्था जटिल बन्दै छ , जति बेला पनि नराम्रो खबर आउन सक्छ’ भन्दै मोबाइल बन्द गर्न लगाए र ५्७ जनाको उपस्थितिमा मात्रै विवाह मण्डमा आए ।

गुपचुपमा विवाह भयो । धनगढी आए, बसे र भोली पल्ट डडेल्धुरा प्रस्थान गर्न थाले । त्यो बेलासम्म सामाजिक सञ्जाल फेसबुक र टिकटकमा विवाहको फोटा र केही दृश्यहरू आइसकेका थिए । मालीको पहिलो श्रीमतीले आफ्नो श्रीमान्ले अर्काे विवाह गरेको त्यहि टिकटकमा थाहा पाइन् र उनले त्यहि टिकटमा आफू पहिलो श्रीमती रहेको जानकारी गराइन् ।

मालीको पहिलो श्रीमतीको कमेन्ट देखेर दोस्रो श्रीमतीका परिवारका सदस्यहरू अचम्मित भए । परिवारमार्फत प्रहरीसम्म कुरा पुराएपछि उनले नक्कली अभिभावक खडा गरेर बहुविवाह गरेको पुष्टि भयो।

दोस्रो श्रीमती लिएर डडेल्धुरा जाँदै गरेका माली २५ गते बुडर मै पक्राउ परे । मालीले आफूसँग विवाह गर्न गरेको नाटक सबै थाहा पाएपछि दोस्रो श्रीमतिले प्रहरीमा आफूलाई झुक्काएर विवाह गरेको भन्दै उजुरी दिइन् ।

युवतीको उजुरीपछि अहिले माली र उनलाई सहयोग गर्ने धामी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले अझै नक्कली बुवा र आमा बन्नेहरू पनि पक्राउ गर्न बाकी रहेको जनाएको छ । अहिलेसम्म माली सहचालक रहेको खुलेको छ । सहचालक रहेका विवाहित मालीले इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै नक्कली अभिभावक बनाएर दोस्रो विवाह गरेका थिए ।

प्रतिक्रिया